नुवाकोटको शिवपुरीका सुरेन्द्र केसी पक्राउ
विदुर खबर
२०८१ मंसिर १४ गते १९:०९
नुवाकोट । सामाजिक सञ्जालमार्फत युवतीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका–१ का ३८ वर्षीय सुरेन्द्र केसी छन् । उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो ।
१२ मंसिरमा पक्राउ परेका उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको ब्यूरोका एसपी दीपकराज अवस्थीले बताए ।
उनले सामाजिक सञ्जालमार्फत एक युवतीलाई साथी बनाएका थिए । त्यसपछि विवाह गर्ने भन्दै ती युवतीसँग भिडियो कल गर्ने र गोप्य अंगहरु देखाउन लगाउने गरेका थिए ।
पछि सम्बन्ध बिग्रिएपछि रेकर्ड गरेर राखिएका युवतीका नग्न भिडियो र फोटोहरू उनका आफन्तलाई पठाएको आरोप उनीमाथि छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै
जेन–जी आन्दोलनमा बागमती प्रदेशमा ९० करोडको क्षति





प्रतिक्रिया