ककनी २ मा कांग्रेसलाई विरासत जोगाउन दवाव
नुवाकोट । ककनी गाउँपालिका वडा नम्बर २ मा हुन लागेको उपनिर्वाचनमा गत चुनावमा बाजी मारेको कांग्रेसलाई यसपटक विरासत जोगाउन दवाव परेको छ ।
ककनीलाई आधार इलाका भन्ने माओवादीलाई कांग्रेसको विरासत भत्काउन ठुलै चुनौती पनि देखिएको छ । एमालेलाई भने सिट थप्ने अवसर छ । उपनिर्वाचनमा यसपटक पुराना दलहरूसँगै स्थानीय तहको निर्वाचनमा पहिलो पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि थपिएको छ । आफूलाई पुराना दलको विकल्प ठान्ने रास्वपाले पहिलो पटक आफूलाई स्थानीय तहको निर्वाचनमा परीक्षण गर्दै छ ।
ककनी गाउँपालिका वडा नम्बर २ मा हुन लागेको उपनिर्वाचनमा कांग्रेस, एमाले, माओवादी केन्द्रकासहित ११ जनाले उम्मेद्धवारी दर्ता गराएका छन् । विशेषत चुनावमा काग्रेस, माओवादी केन्द्र र एमालेबीच नै त्रिपक्षिय भिडन्त हुने पक्का छ ।
निर्वाचनमा वडाध्यक्ष पदका लागि कांग्रेसको तर्फबाट सुर्य जिम्बा तामाङ, एमालेबाट यमबहादुर लामा, माओवादी केन्द्रको तर्फबाट कृष्ण घिमिरे र रााष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मंगलसिद्धि तामाङ उम्मेद्धवार रहेका छन् ।
यस्तै नेकपा एकीकृत समाजवादीको तर्फबाट मान वहादुर लामा, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट खेम बहादुर थापा, नेपाल मजदुर किसान पार्टीको तर्फबाट माईली माया तामाङ, मंगोल नेशनल अर्गनाइजेसनको तर्फबाट किरण तामाङ, नागरिक उन्मुक्ति पार्टीको तर्फबाट किरण तामाङ उम्मेद्धवार रहेका छन् । त्यस्तै रमेश पुडासैनी र सोनु तामाङले स्वतन्त्र रुपमा उम्मेद्धवारी दर्ता गरेका छन् ।
दलहरूले आफ्ना उम्मेदवारका पक्षमा चुनावी माहोल बनाउन विभिन्न रणनीति अपनाइरहेका छन् भने चुनावी प्रचारका लागि केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरू मैदानमा खटिएर चुनावी अभियान तिव्र पारेका छन् ।
२०७९ सालको स्थानिय तहको निर्वाचनमा कांग्रेसका तिलक बहादुर लामाले ८ सय ८८ मत ल्याएर विजयी हुँदा माओवादीका कृष्ण घिमिरेले ७ सय ३४ मत ल्याएर दोस्रो भएका थिए ।
त्यस्तै एमालेका प्रेम बहादुर तामाङले २ सय ५ मत ल्याएर तेस्रो बन्दा राप्रपाका गोविन्द प्रसाद घिमिरेले २ सय ३ मत पाएका थिए ।
यस्तै २०७४ सालको स्थानिय तहको निर्वाचनमा माओवादीका केदार पौडेलले ७ सय ८७ मत प्राप्त गरेर विजयी भएका थिए भने उनका
निकटतम प्रतिद्धन्दी कांग्रेसका उम्मेद्धवार तिलकबहादुर लामाले ५ सय ६१ मत प्राप्त गरेका थिए । यस्तै एमालेका यम बहादुर लामाले २ सय ७४ मत ल्याएर तेस्रो भएका थिए ।
यसअघि ककनी २ मा वडाध्यक्षमा निर्वाचित भएका तिलकबहादुर लामाको निधन भएपछि सो वडामा निर्वाचन हुन लागेको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोट बारको अध्यक्षमा घिमिरे
देशभर बदली, वर्षा र हिमपातको सम्भावना
इरान–अमेरिका युद्ध अन्त्यतर्फ : ट्रम्प
तारकेश्वरका शिक्षकहरूकाे पाँच दिने तालिम शुरू
बागमतीमा घट्यो मन्त्रालय, अब ८ कायम





प्रतिक्रिया