ककनी २ को वडाध्यक्षमा ११ जनाको उम्मेदवारी दर्ता
नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ को वडाध्यक्ष पदमा हुने स्थानीय तह उपनिर्वाचनका लागि ११ जनाले मनोनयन दर्ता गराएका छन् ।
उप–निर्वाचनअन्तर्गत आइतबार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ११ जनाले मंसिर १६ गते ककनी २ मा हुने वडाध्यक्ष पदको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
वडाध्यक्ष पदका लागि कांग्रेसको तर्फबाट सुर्य जिम्बा तामाङ, एमालेबाट यमबहादुर लामा, माओवादी केन्द्रको तर्फबाट कृष्ण घिमिरे र रााष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मंगलसिद्धि तामाङ लगायतले मनोनयन दर्ता गराएका छन् ।
यस्तै नेकपा एकीकृत समाजवादीको तर्फबाट मान वहादुर लामा, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट खेम बहादुर थापा, नेपाल मजदुर किसान पार्टीको तर्फबाट माईली माया तामाङ, मंगोल नेशनल अर्गनाइजेसनको तर्फबाट किरण तामाङ, नागरिक उन्मुक्ति पार्टीको तर्फबाट किरण तामाङले मनोनयन पत्र दर्ता गरेका छन् ।
त्यस्तै रमेश पुडासैनी र सोनु तामाङले स्वतन्त्र श्रपमा मनोनयन पत्र दर्ता गरेका छन् ।
मनोनयन दर्ता गर्र्नुअघि प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले , नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र रााष्ट्रिय स्वतन्त्र पार्टी लगायतले आफ्नो उम्मेद्धवारको पक्षमा नारा लगाउँदै जीत निश्चित रहेको बताएका थिए ।
गत २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित तिलक वहादुर लामाको मृत्यु भएसँगै यस वडामा उपनिर्वाचन हुन लागेको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कांग्रेस सभापति थापाले दिए राजीनामा
अर्जुननरसिंह केसीले चलाउनेछन् प्रतिनिधिसभा पहिलो बैठक, के छ प्रक्रिया ?
तारकेश्वरको आमा समूहलाई ४ लाख ५० हजार सहयोग
प्रतिनिधि सभाको पहिलो बैठक अर्जुननरसिंहले चलाउने
आजको मौसम : बागमतीमा चट्याङसहित वर्षा हुने





प्रतिक्रिया