वाग्मतीका सबै जिल्लामा कांग्रेस–एमाले संयन्त्र गठन गर्न निर्देशन
नुवाकोट । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबीच बनेको वाग्मती प्रदेशस्तरीय दुई दलीय संयन्त्रले प्रदेशका जिल्लाहरुमा पनि संयन्त्र निर्माण गर्न निर्देशन दिएको छ ।
प्रदेशस्तरीय दुई दलीय संयन्त्रको आइतबार ललितपुरमा बसेको पहिलो बैठकले प्रदेशको १३ जिल्लामा दुई दलीय संयन्त्र निर्माण गर्न निर्देशन दिएको छ ।
कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा बसेको बैठकले दुबै दलका जिल्ला तहसँग समन्वय गरी यथाशीघ्र संयन्त्र गठन गर्न निर्देशन दिएको हो ।
संयन्त्रका सचिव राजु नेपालका अनुसार बैठकले दुई दलले एक/एक महिना आलो पालो बैठकको संयोजन गर्ने भएका छन् । २०८१ साल मंसिर मसान्तसम्मको बैठकको संयोजन नेपाली कांग्रेसले गर्ने, संयन्त्रको सचिवालयमा नेपाली कांग्रेस र नेकपा एमालेका तर्फबाट एक/एक जना रहने, संयन्त्रको बैठक महिनामा कम्तीमा एक पटक अनिवार्य बस्ने समझदारी भएको छ ।
त्यस्तै, आवश्यकता अनुसार थप बैठक र छलफल गर्न सक्ने र दलीय संयन्त्र तथा वाग्मती प्रदेश सरकारका मन्त्रीहरुको संयुक्त बैठक आगामी २०८१ मंसिर ३ गते हेटौंडामा बसेर वाग्मती प्रदेश सरकार गठन भएको एक सय दिनको उपलब्धि र आगामी कार्यक्रमका बारेमा जानकारी लिने निर्णय गरेको छ ।
बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, कांग्रेस प्रदेश संसदीय दलका नेता एवम् मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ, कांग्रेस बागमती प्रदेशका उपसभापति चन्द्र महर्जन, नेकपा एमालेका तर्फबाट वाग्मती प्रदेश इञ्चार्ज राजन भट्टराई र प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल सहभागी थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने





प्रतिक्रिया