त्रिशुली बजार जोड्ने नयाँ पुल संचालनमा आयो
विदुर खबर
२०८१ कार्तिक २३ गते १३:१५

नुवाकोट । बिदुर नगरपालिका-१ स्थित त्रिशुली नदीमा नयाँ पुल बनेसँगै यातायात सञ्चालनमा आएको छ ।
जिल्लाकै पहिलो त्रिशुली जलविद्युत केन्द्र निर्माणको क्रममा करिब ६ दशकअघि निर्माण गरिएको पुरानो पुल जीर्ण र जोखिमयुक्त बनेपछि बिदुर-१ स्थित त्रिशुलीमा नयाँ पुल निर्माण गरिएको हो ।
नयाँ पुलबाट यातायात सञ्चालनसँगै पुरानो पुलमा हुनसक्ने सम्भावित जोखिम हट्नुका साथै जिल्लाकै प्रमुख व्यापारिक केन्द्र त्रिशुली बजार क्षेत्रमा सवारी जामको समस्या हटेको छ ।
२०२० सालमा बनेको ८ मेट्रिक टन क्षमताको सिंगल लेनको पुरानो पुल जीर्ण भएका कारण दुर्घटनाको जोखिम बढेपछि पुरानो पुलको करिब १ सय ५० मिटरको दूरीमा नयाँ पुल निर्माण गरिएको हो ।
६० मिटर लामो, ११ मिटर चौँडा डबल लेनको नयाँ पुल ८ करोड रुपैयाँको लागतमा बनेको हो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना





प्रतिक्रिया