बालेन र राजनबीच सहकार्य, विदुरको ढुङ्गेधाराको पुन निर्माण हुँदै
नुवाकोट । काठमाण्डौ महानगरपालिका र विदुर नगरपालिका बिच सहकार्य शुरु भएको छ ।
काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाह र विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठबीच २०८१ श्रावण ३ गते भएको छलफल अनुसार विदुर नगरपालिका वडा नम्बर २ को विभिन्न स्थानमा रहेको परम्परागत मौलिक पहिचान बोकेको ऐतिहासिक तथा पुरातात्त्विक ढुङ्गेधाराको (हिटी) पुननिर्माण हुन लागेको हो ।

ऐतिहासिक तथा पुरातात्त्विक ढुङ्गेधाराको (हिटी)को पुननिर्माणको लागि प्राविधिक टोली अध्ययन शुरु गरिसकेको छ । शुक्रवार प्राविधिक टोलीले विदुर नगरपालिका वडा नम्बर २ मा रहेको अंशुवाटिका हिटि र पाटि पानी धाराको प्राविधिक अध्ययन गरि नाप जाँच समेत गरेको हो ।
प्राविधिक टिमहरूबाट हिटी निर्माण गर्ने स्थलको प्राविधिक अध्ययनको काम अगाडि बढेको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले जानकारी दिए । उनले तिहारलगत्तै अन्य हिटिको समेत नाप जाँच गरे। डिपिआर तयार हुने बताए ।
मेयर श्रेष्ठले विदुर नगरपालिका र काठमाण्डौ महानगरपालिकाबीच सहकार्यको शुरुवात भएकोले यसबाट विदुर नगरपालिकाले धेरै लाभ लिनसक्ने बताए । प्राविधिक टोलीले अध्ययन पश्चात छिट्टै हिटी निर्माण कार्य अगाडि बढाउने जानकारी दिएको उनले बताए ।

यस्तै विदुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दिपक कायस्थले महानगरले विदुरको पाँच पुरातात्त्विक ढुङ्गेधाराको (हिटी) को पुननिर्माण गर्न लागेको भन्दै खुशी व्यक्त गरे ।
महानगरले पहिलो चरणमा विदुर नगरपालिका वडा नम्बर २ मा रहेको पाटि पानी धारा, अंशुवाटिका हिटि, दास धारा, कर्णेल धारा र ओखति पानी धाराको पुननिर्माण गर्न लागेको मेयर श्रेष्ठले जानकारी दिए ।
पहिलो चरणमा पाटि पानी धारा र अंशुवाटिका हिटिको प्राविधि टोलीले अध्ययन गरिसकेको छ । तिहार लगत्तै अन्य धाराहरुको पनि अध्ययन हुने उनले बताए ।
धाराको पुननिर्माण कार्यमा नगरपालिकाका सम्पदा सल्लाहकार यादबलाल कायस्थ लगायतले समेत सहयोग गरिरहेका छन् । नुवाकोटको एतिहासिक साततले दरवार वरपर रहेका धाराको पुराात्विक हिसावले पुननिर्माण्न हुने भएपछि स्थानियहरु समेत खुशी भएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया