वडा कार्यालयको उत्कृष्ट विद्यार्थीलाई सम्मान
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयले वडाभित्र रहेका विद्यालयबाट एसइईमा उत्कृष्ट नजिता हासिल गरेका विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको छ ।
१३ औ अन्तरााष्ट्रिय बालिका दिवसको अवसर पारेर विदुर नगरपालिका वडा नम्बर ५ को कार्यालयको आयोजना तथा च्वाडी पब्लिक मावि, संस्कृत मावि, चन्द्रज्योति मावि र गुडविल एकेडेमीको समन्वय तथा रुमटु रिड र रुडेक नेपालको सहकार्यमा आयोजना भएको कार्यक्रममा गत वर्षको एसइई परिक्षामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई नगदसहित सम्मान गरिएको हो ।
नगदसहि सम्मानित हुने विद्यार्थीहरुमा ए प्लस ल्याउने ७ जना र ए ग्रेड ल्याउने १० जना रहेका छन् । ए प्लस ल्याउने विद्यार्थीहरुलाई १० हजार रुपैयाँ र ए ल्याउने विद्यार्थीहरुलाई ३ हजार रुपैयाँ सहित सम्मान गरिएको विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लिलानाथ न्यौपानेले जानकारी दिए ।

ए प्लस ल्याएर सम्मानित हुने विद्यार्थीहरुमा स्वस्तिका अधिकारी, अंशु अधिकारी, निशा कुमारी, नेमिका श्रेष्ठ , रोजिना दाहाल, राजु कुमाल र आशिका वस्ती रहेका छन् । त्यस्तै ए ग्रेड ल्याएर सम्मानति हुनेमा श्याम तामाङ, सविना मिजार, यसोदा घिमिरे, सुगिना रिमाल र निशान अर्याल रहेका छन् । यस्तै सदिक्षा श्रेष्ठ, ऋचा अर्याल, प्रतिभा पाण्डे, सन्देश वराल र सुवमन वस्नेत रहेका छन् ।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले नगरपालिकाले शिक्षा क्षेत्रमा धेरै लगानी गरेकोले नतिजा सन्तोषजनक आएको बताए । उनले नगरपालिकाले कक्षा ८ को परिक्षा नगरपालिका लिएपछि विद्यार्थी, शिक्षक र अभिभावकहरुमा चेतना आएको बताए ।
कार्यक्रममा वडा कार्यालयले आयोजना गरेको वक्तृत्वकला प्रतियोगिताको विजेताहरुलाई समेत कपि र पेनसहित सम्मान गरिएको थियो ।
जसमा चन्द्रन्योती माविका पर्वत पाण्डे प्रथम भएका थिए भने च्वाडीकी रन्जिता मानन्धर दोस्रो र शहिद जगत प्रकाश जंग संस्कृत माविका कृसला नेपाल तेस्रो भएकी थिइन् । प्रथम भएका पाण्डेले ९ ओटा कपि र ९ वट्टै डटपेन प्राप्त गरेका थिए भने दोस्रो भएकी मानन्धरले ७ ओटा कपि र ७ वट्टै डटपेन र तेस्रो भएकी नेपालले ५ ओटा कपि ५ ९ वट्टै डटपेन पाए । सान्त्वना भएकी युनिका अधिकारीले ४ ओटा कपि र ४ वट्टै पेन पाएकी थिइन् ।
बक्तृत्वकला प्रतियोगितामा ९ जनाले सहभागिता जनाएका थिए ।
कार्यक्रममा विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटी , प्रमुख प्रसाकिय अधिकृत शोभाकर पराजुली तथा अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया