नुवाकोटेलाई होटल वाटर टावरमा २० प्रतिशत छुट
नुवाकोट । होटल वाटर टावरले नुवाकोट र रसुवाका जनतालाई खाना तथा पेय पदार्थमा २० प्रतिशत छुट दिने भएको छ ।
हिम–नदि पर्यटन सहकारी संस्था लिमिटेडको ११ औ वार्षिक साधारणसभाको निर्णय अनुसार होटलले नुवाकोट तथा छिमेकी जिल्लाका स्थानीयहरुलाई होटलमा विभिन्न किसिमको छुट तथा सुविधा प्रदान गर्ने निर्णय गरेको हो ।
त्यस्तै होटलले कोठा बुकिङमा नुवाकोट र रसुवाका जनताहरुलाई २५ प्रतिशत छुट दिने व्यवस्था मिलाइएको हिम–नदि पर्यटन सहकारीका संस्थाका अध्यक्ष कसुमकुमार कार्कीले जानकारी दिए । नुवाकोट र छिमेकी जिल्लाका स्थानियहरुलाई विभिन्न छुट तथा सुविधा दिने व्यवस्था गरिएको उनले बताए । दशैँको अवसर पारेर चियापान कार्यक्रमको आयोजना गरि छुट निर्णयको कार्यान्यन गरिएको उनले बताए ।
तत्कालको लागि होटलले छुट सदस्यता कार्ड प्रदान गर्ने र पछि डिजिटल प्रविधिको प्रयोगबाट छुट सविधा दिने सिदार्थ होटल वाटर टावर बट्टारका म्यानेजर मनिक हुमागाईले जानकारी दिए ।
छुट सुविधा २०८१ पौष मसान्तसम्म लागु हुने बताइएको छ ।
हिम–नदि पर्यटन सहकारी संस्था लिमिटेडद्धारा संचालित होटल वाटर टावरको व्यवस्थापन सिदार्थ विजनेश गु्रप अफ हस्पीटालिटीले लिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पश्चिम एसियाको युद्धले नेपाली रोजगारी संकटमा: ‘घर फर्क’ भन्न थाले कम्पनी, सरकार सतर्क
नुवाकोटको ककनीमा टिफरको ठक्करबाट एक जनाको मृत्यु
अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण





प्रतिक्रिया