नुवाकोटको बट्टारमा सुपथ मुल्य पसल खुल्यो
नुवाकोट । नुवाकोटको बट्टारमा चाडपर्वलाई लक्षित गरी सहुलियत पसल सञ्चालन गरिएको छ ।
सुपथ मुल्य पसलको आज नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी र नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले संयुत्त रुपमा उद्घाटन गरेका हुन् ।
सुपथ मुल्य पसलमा चामल, नून र चिनी, मैदा, चिउरा र तेल लगायतका २० खाद्यान्नहरु राखिएको छ । चाडपर्व लक्षित गर्दै साल्ट ट्रेडिङले सहुलियत पसल सुरु गरेपछि स्थानीय उपभोक्ता खुसी भएका छन् ।
सङ्घीय सरकारको निर्णयअनुसार जिल्लामा आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको हो ।
सुपथ मुल्य पसलको उद्घाटन गर्दै नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले अत्यावश्यक वस्तुहरुमा केही सहुलियत दिएर सुपथ मूल्य पसल सञ्चालमा ल्याइएको बताए । उनले चाडपर्वका बेला अत्यावश्यक वस्तुको सहज उपलव्धता र सहुलियत दिने सरकारको महत्वपूर्ण काम भएको बताए ।
त्यस्तै विदुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेलले चाडपर्वको समयमा उपभोक्तालाई राहत दिनका लागि सुपथ मूल्यका पसल वरदान सावत हुने बताए । उनले जनतालाई राहात सदन यस्तो कार्यक्रम प्रभावकारी हुने बताए ।
यस्तै कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले गतवर्ष झै यसपटक पनि नुवाकोटमा सुपथ मुल्य पसल खोलिएको भन्दै खुशी व्यक्त गरे । उनले सुपथ मुल्य पसलबाट लाभ लिन समेत सबैलाई आग्रह गरे ।
सुपथ मूल्य पसलमा सामानखरिदगर्दा २ रुपैयाँदेखि एकुसय ४० रुपैयाँसम्म छुट पाइने भएको छ ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया