सामाजिक सुरक्षा भत्ता द्रुत गतिमा वितरण गर्न अध्यक्ष अधिकारीको निर्देशन
नुवाकोट । तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले सामाजिक सुरक्षा भत्ता द्रुत गतिमा वितरण गर्न निर्देशन दिएका छन् ।
अध्यक्ष अधिकारीले नजिकदो चाडपर्वलाइ ध्यानमा राख्दै आजबाट सबै ज्येष्ठ नागरिकहरूलाई सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) वितरण गर्न र अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम शुरु गर्न पञ्जीकरण शाखालाई निर्देशन दिएका हुन् ।
अध्यक्ष अधिकारीले आजदेखि बृद्ध भत्ता वितरण हुने भएकोले वडा वडामा सक्रिय रूपमा खटिएर सहयोग र सहजीकरण गरिदिन वडाअध्यक्ष आग्रह समेत गरेका छन् ।
अध्यक्ष अधिकारीले सामाजिक सुरक्षा भत्ता वितरणसँगै अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम समेत प्रभावकारी रुपमा गर्न निर्देशन दिएका छन् ।
ज्येष्ठ नागरिक कार्यक्रम अन्तर्गत तारकेश्वर गाउँपालिकाले ३÷३ महिनामा वडा वडामा कार्यक्रम गरि ज्येष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण र औषधी वितरण गर्दै आइरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने





प्रतिक्रिया