टिमुरे यातायातको दुर्घटना न्यूनीकरण गर्न सवारी चालकहरुलाई प्रशिक्षण

नुवाकोट । नुवाकोटको त्रिशुलीमा रहेको टिमुरे यातायात प्रालिले सवारी चालकहरुलाई स्थलगत अनुगमन गरि प्रशिक्षण गराएको छ ।
सडकहरुमा भइरहने बढ्दो सवारी दुर्घटनाको न्यूनीकरण र यसबाट हुने मानवीय क्षतिलाई कम गर्ने उद्देश्यले बुधवार टोखा–छहरे सडकमार्ग भएर गुड्जे सवारी साधनका चालकहरुलाई प्रशिक्षण दिइएको हो ।
टिमुरे यातायात प्रालिको आयोजना तथा जिल्ला ट्राफिक कार्यालय नुवाकोटको सह–आयोजनामा भएको कार्यक्रममा सवारी चालकहरुलाई दुर्घटना न्यूनीकरणका लागि अनुशासित र मर्यादित बनाइ धनजनको क्षति रोक्न सकिन्छ भन्ने उद्देश्यले स्थलगत प्रशिक्षण गरिएको टिमुरे यातायात प्रालिका अध्यक्ष प्रकाश जोशीले जानकारी दिए ।
चालक तथा मजदुरहरुलाई पेशाप्रति सचेत र जिम्मेवार बनाउने तथा यातायात क्षेत्रलाई मर्यादित र अनुशासित बनाई समाजमा सुरक्षित यात्रा प्रदान गर्न प्रशिक्षण कार्यक्रम कोशेढुंगा सावित हुने जोशीको भनाइ छ । प्रत्येक वर्ष सवारी दुर्घटनामा करोडौं रकम खर्चिनुपरेको बताउँदै यसलाई केही हदसम्म यस्ता प्रशिक्षण कार्यक्रमले कम गर्ने बताए ।
प्रशिक्षणको दौरान चालकहरुलाई ट्राफिक नियमका साथै सडकको अवस्थावारे समेत जानकारी गराइएको थियो । सवारी चलाउँदा सिट क्षमता अनुसार यात्रु राख्ने, हेलमेट लगाउने, सवारी चालकले मदिरा सेवन नगर्ने, सवारी साधनको नियमित चेक जाँच लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय नुवाकोटका प्रमुख प्रहरी निरिक्षक अशुतोष बहादुर शाहीले धेरै दुर्घटनाको कारण चालक हुने गरेकोले सडकमै बसरे सवारी चालकहरुलाई प्रशिक्षण दिएको बताए ।
उनले चालकहरूलाई ट्राफिक नियमको बारेमा प्रशिक्षण दिने र दुर्घटना कम गराउने उद्देश्यका साथ अभियान संचालन गरिएको बताए । कहाँ रोक्ने, कसरी यात्रु ओराल्ने भन्ने कुरा व्यवहारमा लागु गराउनका लागि पनि हामीले सडकै चालकहरुलाई ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिएका हौ, उनले भने ।

कार्यक्रममा सहभागीहरु सामुहिक फोटो खिँचाउँदै ।
कार्यक्रममा लामो तथा छोटो दुरीमा सवारीसाधन चलाउने एकसयभन्दा बढी चालकहरुलाई सडकमा नै प्रशिक्षण दिइएको थियो । सचेतना मूलक प्रशिक्षणपछि यात्रु र चालकबीचको सम्बन्ध सुमधुर हुनुका साथै दुर्घटना समेत न्युनिकरण हुने सरोकारवालाहरुले विश्वास लिएका छन् ।
कार्यक्रममा विभिन्न सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













एमाले नेता खड्काद्धारा विद्यार्थीहरुलाई झोला वितरण
स्पेनको ‘बुलफाइट’ बिर्साउने नुवाकोटको गोरु जुधाइ
तादीमा जिल्ला स्तरीय वडा कप भलिबल प्रतियोगिता शुरु
नुवाकोटका गुभाजु पुनः नेपाली साझा मञ्च साउदीको अध्यक्ष चयन
आजदेखि सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने





प्रतिक्रिया