नुवाकोटमा खोलाले बगाएर एक जना बृद्धाको मृत्यु
विदुर खबर
२०८१ असोज १ गते ११:०३
नुवाकोट । खोलाले बगाएर बेपत्ता भएकी नुवाकोटको सुर्यगढीकी ७३ वर्षिय होमकुमारी अधिकारी मृत अवस्थमा भेटिएकी छिन् ।
सोमवार विहान दुप्चेश्वर गाँउपालिका वडा ६ मा अवस्थित प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरको दर्शन गर्नुपूर्व स्नानको क्रममा खोलाले बगाउँदा अधिकारी बेवत्ता भएकी थिइन् ।
बेपत्ता भएकी उनलाई आज विहान ७ बजे दुप्चेश्वर गाँउपालिका वडा नम्बर ६ गौडापुल स्थित तादी खोलाको ढुङगामा अडकेको अबस्थामा मृत शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी समुन्द्रटार र इलाका प्रहरी कार्यालय खरानिटाबाट प्रहरी अधिकृत सहितको टोलीले स्थानीय मानिसहरुको सहयोग लिई खोजतलास गर्ने उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक तिलक भारतीले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया