दुप्चेश्वरको दर्शन गर्न गएकी अधिकारी बेपत्ता

नुवाकोट । नुवाकोटको सुर्गगढी गाउँपालिका वडा नम्बर ३ ढुङेचौर घर भई हाल काठमाडौंको नेपालटार बस्दै आएकी ७२ वर्षिय हिमकुमारी अधिकारी तादी खोलाले बगाउँदा बेपत्ता भएकी छिन् ।
दुप्चेश्वर गाउँपालिकाको पवित्र धार्मिकस्थल दुप्चेश्वर महादेव मन्दिरमा दर्शन गर्नुअघि तादी खोलामा मुख धुने खोलामा जाँदा चिप्लिएर उनलाई खोलाले बगाएको स्थानियले बताएका छन् ।
आज विहान करिव साढे ९ बजेतिर खोलाले बगाएर बेपत्ता भएकी अधिकारीको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ ।
उनको खोजीको लागि अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियहरु लागिरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
यसैबीच खोलाले बगाएर बेपत्ता भएकी अधिकारीको खोजी कार्यलाई तदारुकताका साथ अगाडी बढाउन सुर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घलेले माग गरेका छन् । उनले सामाजिक संजाल फेसबुकमा बेपता हुने अधिकारीको तिब्र खोजीगर्नु हुने स्थानियबासि लगायत सबै प्रती आभार ब्यक्त गरेका छन् ।
साथै कुनै पनि ब्यक्तीले उनलाई फेला पारेर खबर गरेमा ५० हजार रुपैयाँ उपलब्ध गराउने समेत घोषणा गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने





प्रतिक्रिया