बागमती खेलकुद विकास परिषद्को सदस्य सचिवमा दिपक लामा
नुवाकोट । बागमती प्रदेश सरकारले प्रदेश खेलकुद विकास परिषद् बागमतीको रिक्त सदस्य सचिव पदमा नुवाकोटका दिपक लामालाई नियुक्त गरेको छ ।
बुधवार बसेको मन्त्रिपरिषद् बैठकले उसु खेलाडी लामालाई सदस्य सचिवमा नियुक्त गरिएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । नुवाकोट बागमतीका मुख्यमन्त्री बहादुर सिं लामाको गृह जिल्ला पनि हो । यसअघिका सदस्य सचिव सुर्यलाल भण्डारीको असार २४ बाट कार्यकाल सकिएकाले उक्त पद रिक्त थियो ।
बागमतीमा युवा तथा खेलकुद मन्त्रालय भए पनि खेलकुद परिषद्को सदस्य सचिवको नियुक्ति सामाजिक विकास मन्त्रालयको सिफारिसमा खेलकुदमन्त्री मीनकृष्ण महर्जनको सहमतिबाट भएको छ । शालिकराम जम्कट्टेल नेतृत्वको अघिल्लो सरकारले सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाएको थियो । तर, परिषद् सामाजिक मन्त्रालय मातहत नै रहेको छ ।
परिषद्को अध्यक्ष सामाजिक विकास मन्त्री हुने व्यवस्था छ । प्रदेश खेलकुद विकास ऐन २०७५ को दफा ३ को उपदफा २ (क) अनुसार परिषद्को अध्यक्ष सामाजिक विकासमन्त्री हुने भनिएको छ । जस कारण सामाजिक विकासमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्बाट परिषद्को सदस्य सचिव नियुक्ती गरिएको हो ।
खेलकुद मन्त्रालयको राय सहमति लिएरै सामािजक विकास मन्त्रालयको सिफारिसमा सदस्य सचिव नियुक्ती गरिएको सरकारका प्रवक्ता लामिछानेले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द





प्रतिक्रिया