बेलकोटगढी १० मा सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रम सम्पन्न
नुवाकोट । नुवकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर १० मा सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रम सम्पन्न भएको छ ।
महाराजगंज मेडिकल कलेज अन्तर्गत एम.बि.बि.स प्रथम वर्षका अध्ययनरत विद्यार्थीहरुले निरन्जना आधारभूत स्वास्थ्य चौकीमा ’सामाजिक नक्सा’ निर्माण गरि ामुदायिक स्वास्थ्य निरुपण कार्यक्रम सम्पन्न गरेका हुन् ।
नौ जना एमबिबिस विद्यार्थीको पहल र वडा एवं स्थानीयको सहयोगमा उपलब्ध स्रोतहरुको प्रयोग गरि उक्त नक्शा निर्माण छन् । नक्सामा सार्वजनिक स्थलहरुमध्ये विद्यालय, मन्दिर, स्वास्थ्य चौकी, वडा कार्यालय, मुख्य सडक (पासाङ ल्हामु राजमार्ग, धमले बाघखोर सडक), गाउँबस्ती, जङ्गल समेटेर तयार पारिएको उक्त नक्साको अवलोकन गर्दै यस वडाका वडाध्यक्ष प्रलादप्रसाद थपलियाले विद्यार्थीहरुको प्रशंसा गरेका थिए ।
वडामा तीजको दर खाने कार्यक्रमको अवसर जुराएर उक्त नक्साको अवलोकन वडाका सम्पूर्ण महिलाहरु, ज्येष्ठ नागरिक र वडा सदस्यहरुले गरेका छन् ।
सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रममा प्रमाङ्गी मल्ल, अन्जन खड्का, सन्ध्या झा, सुधिर कुमार झा, निर्जल भण्डारी, प्रकाश बोहोरा, सुजन महासेठ, कुशल कार्की, कृतज्ञराज पाण्डे लगायतका विद्यार्थीहरुको समन्वयमा भएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया