मोटरसाइकल चोरीमा संलग्न नुवाकोटका फुयाल प्रहरीको नियन्त्रणमा
नुवाकोट । काठमाडौँको चाबहिलबाट मोटरसाइकल चोरीमा संलग्न नुवाकोटका फुयाललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नुवाकोट घर भई हाल काठमाडौंको चाबहिल बस्ने २८ वर्षीय सन्तोष फुयाल लाई चावहिलबाट हिजो ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
वास्तविक नम्बर बागमती प्रदेश ०२-०४९ प ०१९० नम्बरको मोटरसाइकको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०४६ प ९० १९ राखी चलाइ रहेको अवस्थामा फुयाँललाई ट्राफिक प्रहरीले फेला पारेको थियो । उक्त मोटरसाइकलमा पछाडि सवार स्याङ्तान समेतलाई अनुसन्धानका लागि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
बागमती प्रदेश ०२-०४९ प ०१९० नम्बरको मोटरसाइक झापाको बिर्तामोड नगरपालिका ८ घर भई हाल अनामनगर बस्ने प्रदिप अधिकारीले गत साउन २० गते हराएको भनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए ।
नियन्त्रणमा आएका फुयाललाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त सिंहदरबार पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित
सबै दलहरु निर्वाचनमा भाग लिन सहमत
प्रतिनिधिसभा विघटनविरुद्ध भएन अन्तरिम आदेश
देशभर बदली, कोशी–बागमतीमा मध्यम वर्षा र उच्च पहाडमा हिमपातको सम्भावना





प्रतिक्रिया