तेस्रो एनयुएफसी फुटसल प्रतियोगिताको उपाधि जेडी र चन्द्रज्योतीलाई
नुवाकोट । नुवाकोटको बट्टारमा बिहिबारदेखि शुरु भएको तेस्रो एनयुएफसी फुटसल कप फुटसल प्रतियोगिताको उपाधि छात्रातर्फ चन्द्रज्योती र छात्रतर्फ जेडि बोर्डिङ स्कुलले हात पारेको छ ।
शनिवार भएको छात्रातर्फको पहिलो फाईनल खेलमा चन्द्रज्योती माविले अर्किड एकेडेमीलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएका हो ।
यस्तै छात्रतर्फको फाईनलमा जेडि बोर्डिङ स्कुलले चन्द्रज्योती माविलाई १–० को झिनो गोल अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको छ । निकै प्रतिष्र्धात्मक बनेको खेलमा अन्य कुनै गोल नभएपछि उपाधि जेडिले रक्षा गरेको हो ।
छात्रतर्फ उपाधि जितेको जेडिले नगद १५ हजार रुपैयाँ, ट्रफी, मेडल र सर्टिफिकेट प्राप्त गर्न सफल भयो भने उपविजेता बनेको चन्द्रज्योतीले नगद ७ हजार ५ सय नगद, ट्रफी, मेडल र सर्टिफिकेट प्राप्त गर्न सफल भयो ।
यस्तै छात्रातर्फ उपाधि विजेता बनेको चन्द्रन्योतीले १० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र सर्टिफिकेट पायो भने उवविजेता बनेको अर्किडले ५ हजार रुपैयाँ नगद, ट्रफी, मेडल र सर्टिफिकेट प्राप्त ग¥र्यो ।
प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने गोलकिपर, उच्च गोलकर्ता, उत्कृष्ट खेलाडी र प्रशिक्षकले समेत ट्रफी र सम्मान पत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताको विजेता र उपविजेताहरुलाई विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, विदुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दिपक कायस्थ, वडा नमबर ४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेल र साकुरा नेपाल कन्सलट्रेन्सिका अनुजकुमार श्रेष्ठ लगायतले ट्रफी दिएका थिए ।
नुवाकोट युनाइटेड फुटवल क्लबको आयोजनामा भएको प्रतियोगितामा जिल्लाका २४ विद्यालयको सहभागीता रहेको क्लबका अध्यक्ष रामकुमार कोइरालाले जानकारी दिए ।
कार्यक्रममा अखिल नेपाल फुटवल संघ बाग्मति प्रदेशका महासचिव सुरज श्रेष्ठ, नुवाकोट फुटवल संघका महासचिव विष्णु चालिसे, प्राइम बैंक लिमिटेड बट्टारका प्रबन्धक राजु ढकाल, एनआईसी एसिया बैक लिमिटेड बट्टारका पुरुषोतम सापकोटा लगायत विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया