नुवाकोटमा मिस एण्ड मिसेस प्रतियोगिता हुने
नुवाकोट । महिलाहरुको नेतृत्व तथा व्यक्तित्व विकासमा मद्दत गर्ने उद्देश्यले नुवाकोटको बट्टारमा मिस एण्ड मिसेस सौन्दर्य प्रतियोगिता “मिस एण्ड मिसेस नुवाकोट २०२४” आयोजना गरिने भएको छ ।
एनआरडी इन्टरटेन्मेन्टको आयोजनामा नुवाकोट मिस एण्ड मिसेस प्रतियोगिता हुन लागेको हो । महिलामा क्षमता भएर पनि सधैँ पछि परेको तथा आफूलाई एक्सपोज गर्न डराईरहेका महिलालाई लक्षित गर्दै उनीहरूको क्षमतालाई अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको एनआरडी इन्टरटेन्मेन्टका अध्यक्ष तथा ‘मिस एण्ड मिसेस इण्डिजिनियस–२०२१’ कि उपाधि नम्रता तामाङले विदुर खबरलाई जानकारी दिइन् ।
नुवाकोटको बट्टारमा हुने प्रतियोगितामा सहभागि जनाउन एक हजार रुपैयाँ दर्ता शुल्क लाग्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा सहभागिता जनाउनको लागि र्फम खुल्ला भइसकेको तामाङले जानकारी दिइन् । महिलाहरु चुलो र चौकोमा मात्रै सिमित हुँदै आएकोमा अवसर पाए जे पनि गर्न सक्नछन् भन्ने सोचका प्रतियोगिता संचालन गर्न लागिएको उनको भनाई रहेको छ ।
प्रतियोगितामा सहभागि हुनको लागि अविवाहितको लागि १७ देखि २८ वर्ष र विवाहित लागि २० देखि ४० वर्ष उमेर तोकिएको छ ।प्रतियोगितामा सहभागिता जनाउनेहरुको पहिलो अडिसन आगामी भदौ एक गते राखिएको छ । पहिलो चरण पार गरेर अघिल्लो चरण प्रवेश गरेका सहभागिहरुलाई दुई साताभन्दा बढी विभिन्न तालिम तालिम दिने समेत बताइएको छ ।
प्रतियोगिताको विजेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउनुको साथै अमेरिकामा रहेको अन्तरााष्ट्रिय कम्पनि आरएनआर ग्रुपमा समेत काम गर्न पाउने बताइएको छ ।
अडिसन बारे थप जानकारीको लागि सम्पर्क नम्बरहरु : ९८४२७५२३८६, ९८६००५८११३
अनलाईन फर्म भर्नको लागि : https://globalonlinepay.org/formBooking/66a863261321a1722311462
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ
शवबाट गहना लुट्ने पाँच जना नुवाकोटबाट पक्राउ
एनआरएनएद्वारा नुवाकोट र रसुवाका बाढीपीडितलाई राहत
धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा
आज हरितालिका (तीज) व्रत





प्रतिक्रिया