बट्टारको अधिकारी निर्माण सेवा कालो सुचिमा
विदुर खबर
२०८१ साउन २५ गते १४:१५

नुवाकोट । सार्वजनिक खरिद अनुगमन कार्यालयले नुवाकोटको एक ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ ।
विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा रहेको अधिकारी निर्माण सेवा प्रालि कालो सुचीमा परेको हो । सो कम्पनिलाई बाग्मति प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, सार्वजनिक निर्माण कार्यान्वयन ईकाई धादिङले कालो सुचीमा राख्न सिफारिस गरेको हो ।
कम्पनिलाई एक वर्षको लागि कालोसुचीमा राख्न सिफारिस गरिएको छ । कालो सुचीमा राखिएको कम्पनिको मुख्य व्यत्ति हरिकृष्ण अधिकारी रहेका छन् ।
काम सन्तोषजनक नभएमा कम्पनीहरु कालोसूचीमा पर्ने गर्दछन् । त्यस्ता कम्पनीहरु कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया