नुवाकोटका दुई युवक ब्राउन सुगरसहित पक्राउ
विदुर खबर
२०८१ साउन १५ गते २१:२७

नुवाकोट । नुवाकोटका दुई युवक ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ७ का राकेश बलामी र पन्चकन्या गाउँपालिका वडा नम्बर ६ का रोशन थापा रहेका छन् ।
उनीहरुलाई काठमाण्र्डाको तारकेश्वर नगरपालिका वडा नम्बर २ मिलमिलाप टोलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ५ मिलिग्राम र नगद ७ हजार ४ सय रूपैयाँ वरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूको कोठाबाट उक्त लागु पदार्थ फेला पारी पक्राउ गरेको हो ।
सम्बन्धित
प्रतिक्रिया