विदुरमा खानेपानीको अभाव, धारामा लोडसेडिङ

 नुवाकोट । बर्खा लागेपछि विदुर नगरपालिका क्षेत्रमा खानेपानीको अभाव हुन थालेको छ ।
नुवाकोट । बर्खा लागेपछि विदुर नगरपालिका क्षेत्रमा खानेपानीको अभाव हुन थालेको छ ।
जिल्लाको सदरमुकाम क्षेत्रमा खानेपानीको अभाव भएसँगै पानी वितरण गर्ने संस्था विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले धारामा लोडसेडिङ गर्न थालेको छ ।
सदरमुकाममा धारामा पानी नखाएपछि मानिसहरुको खानेपानी भर्नको लागि सार्वजनिक धाराहरुमा भिड लाग्ने गरेको छ । बट्टार र विदुरका सार्वजनिक धाराहरुमा पानी भर्न अहिले लाइन लाग्ने गरेको छ ।
विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले वितरण गर्ने पानी फलाखु खोला मुहान बर्खासँगै बगाउने गरेकाले विगत वर्षदेखि नै खानेपानीको समस्या हरेका वर्खाको समयमा हुने गरेको छ । यस वर्ष पनि असारदेखि विदुर नगरपालिकाको वडा नम्बर १, २, ४ , ५, ६, ८ र ९ का उपभोक्ताले उपभोग गरिरहेको खानेपानीमा समस्या सुरु भइसकेको छ ।
विदुर नगर क्षेत्रमा पानीको अभाव हुन नदिन बट्टारको बोरिङबाट निकालिएको पानी आलो पालोमा वितरण गरिएको संस्थाका अध्यक्ष सञ्जीवबहादुर श्रेष्ठले विदुर खबरलाई बताए । फलाखु मुहानमा गत वर्ष बाढीले बगाएको पाइप मर्मत गरी पानी सञ्चालन गर्न खोजिए पनि खोला धमिलो र पानी पिउन योग्य नभएकाले केही समय पानी नियमित वितरण गर्न नसकिएको बताइएको छ ।
वर्षात् लागेपछि पहिराको कारण धारामा पानी आउन छाडेपछि उपभोक्ता स्थानीय ढुंगेधारा, खोल्साको पानी र आकाशे पानी संकलन गरी उपभोग गर्न बाध्य भएका छन् ।
विदुर नगरपालिकाका आठवटा वडाले उपभोग गर्ने पानी वितरणमा नगरपालिकाले बेवास्ता गरेको तथा परिषद्बाट बजेट नछुट्याएपछि मुहान मर्मत र पाइपलाइन व्यवस्थित गरी वितरण गर्न समस्या भएको गुनासो संस्थाका पदाधिकारीले गरेका छन् ।
तर नगरपालिकाका जनताहरुलाई खानेपानीको अभाव हुन नदिन नगरपालिका लागि परेको मेयर राजन श्रेष्ठले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित
अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित सबै दलहरु निर्वाचनमा भाग लिन सहमत
सबै दलहरु निर्वाचनमा भाग लिन सहमत





प्रतिक्रिया