बहादुर सिं लामा बागमती प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नियुक्त
विदुर खबर
२०८१ साउन ८ गते १७:५३
नुवाकोट। बागमती प्रदेशको पाँचौं मुख्यमन्त्रीका रुपमा नेपाली काँग्रेस संसदीय दलका नेता बहादुर सिं लामा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्री नियुक्ती गरेको पत्र दिएका छन् ।
लामाले आजै मुख्यमन्त्रीको लागि नेकपा एमालेका २७ र नेपाली काँग्रेसमा ३७ सांसदको हस्ताक्षर सहित प्रदेश प्रमुख शर्मा समक्ष दाबी पेश गरेका थिए । संघीयता कार्यान्वयनपछी नेपाली काँग्रेसले पहिलो पटक सरकार नेतृत्वको अवसर पाएको हो ।
नवनियुक्त मुख्यमन्त्री लामाको सपथ बुधबार बिहान ११ बजेर ११ मिनेटमा हुने तय भएको छ । मुख्यमन्त्री लामा तामाङ समुदायबाट बागमती प्रदेशको मुख्यमन्त्री बन्ने पहिलो व्यक्ति रहेका छन्।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौंको तारकेश्वरमा नुवाकोटकी पौडेलको ३४ लाख चोरी
सरस्वती आधारभुत विद्यालयमा विज्ञान प्रयोशाला
तारकेश्वरका आशिष घिमिरे मृत अवस्थामा भेटिए
नुवाकाटे क्षेत्र नं २ मा ८ जनाकाे जमानत जफत
डा. लामिछानेको चुनाव खर्च १६ लाख ९ हजार





प्रतिक्रिया