बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामाले दाबी पेश गर्ने
विदुर खबर
२०८१ साउन ६ गते २१:०६
नुवाकोट । नेपाली कांग्रेस बागमती संसदीय दलका नेता बहादुरसिंह लामाले सोमबार मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् ।
कांग्रेसका साथै नेकपा एमालेको समर्थनमा लामाले सोमबार दाबी पेश गर्ने भएका हुन् । कांग्रेस सांसद कुन्दनराज काफ्लेका अनुसार सोमबार बिहान १० बजे मुख्यमन्त्रीको दाबी पेश गरिने भएको छ ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार राजीनामा दिएपछि दुई ठूला दलले नयाँ सरकारको दाबी गर्न लागेका हुन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि आइतबार आह्वान गरेका छन् । प्रदेश प्रमुख शर्माले ८ साउन साँझ ५ बजेसम्मको समय दिएका छन् । प्रदेश सरकार संविधानको धारा १६८ (२) अनुसार गठन हुने भएको छ ।
कांग्रेस र एमालेबीच मन्त्रालय भागबन्डामा समेत छलफल जारी रहेको काफ्लेले जानकारी गराए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै
जेन–जी आन्दोलनमा बागमती प्रदेशमा ९० करोडको क्षति





प्रतिक्रिया