ककनी गाउँपालिकाका पुर्व अध्यक्ष लामा एमाले प्रवेश
नुवाकोट । ककनी गाउपालिका पुर्ब अध्यक्ष तथा माओवादीका नेता मान बहादुर लामा नेकपा एमालेमा प्रवेश गरेका छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादीबाट शानदार मतकासाथ ककनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका लामालाई नेकपा एमालेले सदस्यतासहित पार्टीमा भित्राएको हो ।
बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको एक कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनलाई खादा लगाएर पार्टी प्रवेश गराएका थिए ।
सो अवसरमा नेकपा एमालेका केन्द्रीय सदस्य केशव पाण्डे, नेता नारायण खतिवडा,प्रदेश सदस्य ठाकुर गजुरेल,विन्दा ढुंगाना,जिल्ला अध्यक्ष बद्री मैनाली,जिल्ला सदस्य विष्णु दाहालसहितका नेताहरुको उपस्थिति रहेको थियो ।
लामा द्वन्द्वको समय देखिनै माओवादीमा क्रियाशिल रहदैआएका थिए । उनको सक्रियताका कारण ककनीमा माओवादी पहिलो दलको रुपमा स्थापित समेत भएको थियो ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा उनी पुन ः गाउँपालिका अध्यक्षको उम्मेदवार बन्ने प्रयासमा थिए । तर पार्टीभित्रको आन्तरिक किचलोका कारण आन्तरिक निर्वाचन गरेर नै उनलाई उम्मेदवार बन्न रोकिएको थियो ।
लामा केही समय अघिदेखि राजनीतिमा निश्क्रिय रहेका थिए ।
उनले २०७४ सालको स्थानिय तहको निर्वाचनमा ४ हजार ५ सय ५४ मत प्राप्त गरि ककनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने





प्रतिक्रिया