नुवाकोटको लिखुमा कुलोमा डुबेर एक जनाको ज्यान गयो
नुवाकोट । नुवाकोटको लिखु गाउँपालिका २ लबलेमा खेतमा पानी लगाउने क्रममा कुलोमा डुबेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुर्यगढी गाउँपालिका वडा नं ५ कालिमाटी बस्ने ५० वर्षका गोबिन्द कुँवर रहेका छन् । मृतक कुँवर प्रेसर, सुगर रोगको बिरामी रहेको पारिवारिक श्रोतले जनाएको छ ।
वेहोस भई कुलोमा ढलेका कुँवरको पानीमा डुबेर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
यस्तै सोमबार नै जिल्लाकै सुर्यगढी गाउँपालिका वडा नम्बर ४ गहतेमा चौध वर्षीया बालिका देवीका तामाङले झुन्डिएर आत्महत्या गरेकी छिन् ।
स्थानीय भक्तबहादुर तामाङको छोरी देवीकाले झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
उता विदुर नगरपालिका वडा नम्बर ९ कोलनीमा शैलुन व्यवसाय गर्दै आएका भरत नाम गरेको भारत भएका एक अर्का व्यक्तिको मृत्यु भएको छ ।
बेहोस भएका ती ब्यक्तिको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया