नुवाकोट होटल व्यवसायी संघको अध्यक्षमा पुन : अधिकारी
नुवाकोट । नुवाकोट होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा पुन : बासुदेव अधिकारी निर्वाचित भएका छन् ।
शनिवार भएको संघको ५ औं अधिवेशनले अधिकारीको नेतृत्वमा १६ सदस्यीय नयाँ कार्यसमति निर्विरोध चयन गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा गोविन्दराज न्यौपाने, महिला उपाध्यक्षमा शारदादेवी ढकाल, उपाध्यक्ष रामशरण पौडेल र कृष्णबहादुर मानन्धर चयन भएका छन् ।
त्यस्तै महासचिवमा रविन्द्र चालिसे, उप महासचिवमा शिवराज लामिछाने, सचिवमा सुशील श्रेष्ठ र कोषाध्यक्षमा विनोद लामिछाने निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
संघको सदस्यहरु चन्द्रबहादुर घले, गोपाल लामा, सौगात अमात्य, पवन नेपाल, रामकुमार थापा, उमेश तामाङ र सुशान्त अधिकारी चयन भएका छन् ।
यस्तै सल्लाहकारहरुमा सन्तोष उप्रेती, आर.एस अधिकारी, सविन श्रेष्ठ र तामाङ प्लाजा चयन भएका छन् ।
यसैविच नुवाकोट होटल तथा रेस्टुरेन्ट व्यवसायी संघले ११ औं साधारणसभा तथा ५ औं अधिबेशनको अवसर पारेर जिल्लामा पर्यटन र व्यवसायको माध्यमबाट योगदना पुराउने व्यक्तिहरुलाई सम्मान गरिएको छ ।
नुवाकोटमा पर्यटन प्रबर्द्धन अभियानमा अमुल्य भुमिका निभाएको भन्दै गौतम मानसिंह डङोल सम्मनित भएका छन् । यस्तै नुवाकोटमै सानो लगानीबाट सुरु गरि नुवाकोटलाई चिनाउने स्तरीय होटल संचालनमा ल्याएको भन्दै हारती क्राउन होटलका संचालक किसन चित्रकारलाई सम्मान गरिएको छ ।
त्यस्तै होटल ब्यबसायी महासंघ नेपालको केन्द्रिय पर्यटन उपाध्यक्ष सन्तोष उप्रेतीलाई समेत सम्मान पत्र प्रधान गरिएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया