नुवाकोटमा मृत्यु दर्ता गराउनेलाई ५ हजार दिइने
 
	नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ ले मृत्यु दर्ता ३५ दिनभित्र गरेमा पाँच हजार रुपैयाँ दिने भएको छ ।
विदुर नगरपालिका वडा नम्बर ५ को कार्यालयले आर्थिक वर्ष २०८१÷८२ बाट लागु हुने गरि ३५ दिन भित्र मृत्यु दर्ता गर्ने मृतकका परिवारलाई ५ हजार रुपैया सहयोग दिने निर्णय गरेको छ । वडा कार्यालयले सो रुपैयाँ प्रदान गर्नको लागि आगामी असार ७ गते हुन गइरहेको नगरपालिकाको नगरपरिषदमा वडा स्तरिय बिबिध कार्यक्रमबाट सम्बोधन गर्ने निर्णय गरेको वडाध्यक्ष लिलानाथ न्यौपानेले जानकारी दिए ।
 व्यक्तिगत घटना दर्ता प्रक्रियालाई सहज बनाउने उद्देश्यले वडा कार्यालयले प्रोत्साहन रकम उपलब्ध गराउने योजना बनाएको वडाध्यक्ष न्यौपानेको भनाई रहेको छ । वडा कार्यालयले तोकिएको समयमा मृत्यु दर्ता गरेमा मृतक परिवारलाई रु पाँच हजार प्रोत्साहन रकम उपलब्ध गराउने छ । जन्म र मृत्युको जानकारी समयमै पाएमा घटना दर्ता प्रक्रियासमेत सहज हुने भएकाले प्रोत्साहन रकम उपलब्ध गराउन लागिएको हो, वडाध्यक्ष न्यौपानेले भने, “यो प्रक्रिया आगामी आवदेखि लागू हुनेछ ।”

यसअघि विदुर ५ को वडा कार्यालयले बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नेलाई पाँच हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । बच्चा जन्मेपछि ३५ दिनभित्र जन्मदर्ता गराउनेलाई प्रोत्साहन गर्न र वयस्क हुने समयमा बैंक खातामा केही रकम सुनिश्चत होस् भन्ने उद्देश्यले बच्चाको जन्मदर्तासँगै पाँच हजार बैंक दाखिला गराउन थालिएको हो ।
बच्चाको जन्मदर्ता गराएसँगै उक्त बच्चाका नाममा बैंकमा खाता खोल्न लगाई सम्बन्धित अभिभावकलाई पाँच हजार रुपैयाँ जम्मा गर्न लगाएर वडा कार्यालयले थप पाँच हजार रुपैयाँ जम्मा गरिदिने गरेको छ ।
 वडाध्यक्ष न्यौपानेलेका अनुसार चालु आर्थिक वर्षबाट कार्यान्वयनमा ल्याइएको उक्त कार्यक्रमबाट हालसम्म ५० बच्चाको खातामा रकम दाखिला भइसकेको छ । बच्चाको जन्मदर्ता गराउन र जन्मेलगत्तै बैंक खाता सुनिश्चित बनाउन नगद जम्मा गर्ने व्यवस्था मिलाउन सुरु गरेका हौँ , वडाध्यक्ष न्यौपानेले भने, जम्मा भएको रकम बच्चा वयस्क भएपछि झिक्न पाउने नियम बनाएका छौँ ।

वडा नं ५ मा दलित, कुमाल, आदिवासी जनजातिसहितका निम्न तथा श्रमिक वर्गको बाहुल्यता धेरै छ । अहिले जन्मिएका बच्चा वयस्क हुदाँका बखत खातामा केही रकम सुनिश्चित गराउन कार्यक्रमलाई केन्द्रित गराउने वडाध्यक्ष न्यौपानेको भनाइ छ । वडा कार्यालय र सम्बन्धित अभिभावकबाट अहिले पाँच हजारका दरमा बैंक खातामा रकम जम्मा हुने भए पनि निकाल्ने समयमा त्यसको सात आठगुणा बढी पुग्ने जानकारी पाएको उनले बताए ।
वडा कार्यालयले बच्चाको सम्मानमा नगद जम्मा गर्ने कार्यक्रम ल्याएपछि अभिभावकले बच्चा जन्मेको ३५ दिन पूरा नहँदै जन्मदर्ता गराउन थालेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए

प्रतिक्रिया