देविघाटमा कृष्टलको माला बनाउने तालिम सम्पन्न
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ५ देविघाटमा महिलाहरुको लागि १० दिने (कृष्टल ) पोतेको माला बनाउने तालिम सम्पन्न भएको छ ।
विदुर नगरपालिकाको आर्थिक सहयोग र विदुर नगरपालिका वडा नम्बर ५ को कार्यालयको आयोजनमा तालिम सम्पन्न भएको हो ।
तालिमको समापन कार्यक्रममा बोल्दै विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको बताइन् ।
उनले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न आग्रह गरिन् । उपमेयर बोगटीले विदुर नगरपालिकाले महिला लक्षित शसक्तिकरण र आत्मनिर्भरको कार्यक्रम ल्याइरहेको चन्दै त्यसबाट महिलाहरुले लाभ लिन सक्नुपर्ने बताइन् ।
यस्तै कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लिलानाथ न्यौपानेले महिलाहरुले उत्पादन गरेका सामाग्री वडा कार्यालयले नै खरिद गरिदिने प्रतिवद्धता व्यक्त गरे । तपाईहरुले सकेको सामाग्री उत्पादन दिनुस, उत्पादित सामानले बजार नपाउने भन्ने हुन्न, विक्री नभए वडाले आफै किनिदिन्छ, वडाध्यक्ष न्यौपानेले भने ।
उनले महिलाहरूलाई सीप विकासमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताए ।
यस्तै बजारमा सुनचाँदीका गरगहना भन्दा पनि क्रिष्टलका मालाको माग बढिरहेकोले महिलाहरुले बनाएको मालालाई बिक्री गर्न बजारीकरणको अभाव नभएको स्थानिय सरस्वती न्यौपानेले बताइन् ।
१० दिनसम्म संचालन भएको तालिममा १७ जनाको सहभागिता रहेको थियो । उनीहरुलाई प्रशिक्षक गंगा बोगटीले सहजीकरण गरेकी थिइन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया