हाजिरीजवाफ प्रतियोगिताको उपाधि संस्कृत माविलाई

विदुर खबर २०८१ जेठ २५ गते १७:३०

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ५ वडा कार्यालयको आयोजनामा भएको माध्यामिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधि संस्कृत मावि देविघाटले जितेको छ ।

Advertisement

संस्कृत माविले समग्रमा ८५ अंक हात पार्दै प्रतियोगितामा प्रथम स्थान हात पार्दै ६ हजार रुपैयाँसहित प्रमाणपत्र हात पार्न सफल भयो ।
पहिलो चरणमा संस्कृत मावि र चन्द्रन्योती माविले समान ८०÷८० अंक प्राप्त गर्दा प्रतियोगिताको विजेता थप एक प्रश्न सोधेर चयन गरिएको थियो ।

प्रतियोगितामा ८० अंकसहित दोस्रो भएको चन्द्रन्योती माविले ४ हजार पाँच सय रुपैयाँ र प्रमाणपत्र हात पार्न सफल भयो ।

Advertisement

त्यस्तै ५५ अंकसहित गुडविल एकेडेमी तेस्रो भयो । उसले नगद तीन हजार रुपैयाँ हात पार्न सफल भयो ।

प्रतियोगितामा सानत्वना स्थान हात पारेको च्वाडी पब्लिक माविले नगद एक हजार पाँच सय रुपैयाँसहित प्रमाणपत्र हात पारेको कार्यक्रम संचालक राजकुमार गजुरेलले जानकारी दिए ।

Advertisement

प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लिलानाथ न्यौपानेले विद्यालयको शैक्षिक रुपान्तरणको लागि वडा कार्यालय सबै सरोकारवाला निकायहरुसँग मिलेर अघि बढ्ने प्रतिबद्धता व्यत्त गरे । उनले विद्यार्थीहरुको क्षमता विकास गर्ने काममा वडा कार्यालय सधैँ लागि परेको बताए ।  विद्यार्थीहरुले अझै धेरै क्षमता बढाउन पर्ने देखिएको भन्दै वडाध्यक्ष न्यौपानेले अतिरित्त कृयाकलापमा विद्यालयहरुले समेत ध्यान दिनुपर्ने उनले बताए ।

कार्यक्रममा वडा नम्बर ५ मा रहेका शहीद जगत प्रकाशजंग शाह संस्कृत माध्यामिक विद्यालय, चन्द्रज्योति मावि, च्वाडी पब्लिक मावि र गुडविल एकेडेमीको विद्यालयहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया