देविघाटमा कृष्टलको माला बनाउने तालिम शुरु
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ देविघाटमा सोमवारदेखि महिलाहरुको लागि १० दिने (कृष्टल ) पोतेको माला बनाउने तालिम शुरु भएको छ ।
विदुर नगरपालिकाको आर्थिक सहयोग र विदुर नगरपालिका वडा नम्बर ५ को कार्यालयको आयोजनमा तालिम शुरु भएको हो ।
तालिमको उद्घाटन गर्दै नगरपालिकाका मेयर राजन श्रेष्ठले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न आग्रह गरे । उनले सीप सिकेर मात्र नहुने भन्दै त्यसलाई व्यवसायिक जीवनमा लगाउन समेत आग्रह गरे ।
यस्तै कार्यक्रममा विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको बताइन् । उनले समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणमा यस्ता तालिमले महत्वपुर्ण भुमिका खेल्ने बताइन् ।
कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लिलानाथ न्यौपानेले महिलाहरूलाई सीप विकासमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताए । उनले जिल्लाको सबै वडाभन्दा विदुर ५ भिन्न रहेकोले कृष्टलको मालाको लागि बजारको अभाव नहुने बताए ।
यस्तै बजारमा सुनचाँदीका गरगहना भन्दा पनि क्रिष्टलका मालाको माग बढिरहेकोले महिलाहरुले बनाएको मालालाई बिक्री गर्न बजारीकरणको अभाव नभएको स्थानिय सरस्वती न्यौपानेले बताइन् ।
तालिममा १७ जनाको सहभागिता रहेको छ । उनीहरुलाई प्रशिक्षक गंगा बोगटीले सहजीकरण गरिरहेका छन् । तालिम आगामी ३० गतेसम्म संचालन हुने छ ।
तालिम उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका सदस्य सन्तोषी देवकोटा, विदुर ५ का वडासदस्य विनोद चित्रकार लगायतको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै
जेन–जी आन्दोलनमा बागमती प्रदेशमा ९० करोडको क्षति





प्रतिक्रिया