लामिबगैचा सामाजिक युवा क्लबको आयोजनामा रक्तदान कार्यक्रम
नुवाकोट । विदुर ५ तल्लो पिपलटारमा रहेको लामिबगैचा सामाजिक युवा क्लबको आयोजनमा तथा नेपाल रेडक्रस सोसाईटी जालपा उपशाखाको समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रत्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रत्तसंचार केन्द्र कोलनीको प्राविधिक सहयोग र ब्लड अन रिक्वेस्ट नुवाकोटको समन्वय रहेको थियो ।
रत्तदान कार्यक्रममा बोल्दै विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले नगरपालिकाले ब्लड बैंक नुवाकोटको समन्वयमा विदुरका नागरिकहरु लाई निशुल्क रगतको व्यवस्था गरेको बताए । उनले नगरपालिकाले दिएको सेवा नागरिकहरुले लिनुपर्ने बताए ।
यस्तै कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लिलानाथ न्यौपानेले लामिबगैचा सामाजिक युवा क्लब सधैँ रचनात्मक काममा लागिरहेको भन्दै खुशी व्यक्त गरे । उनले आगामी दिनमा पनि वडा कार्यालय क्लबसँग सहकार्य गर्न तयार रहेको बताए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी नुवाकोटका सभापति हरि श्रेष्ठले पछिल्लो समय रगतको अभाव भइरहेकोले यस्ता रत्तदान कार्यक्रम प्रभावकारी भएको बताए । उनले नुवाकोट र रसुवाका जनताले नेपालभर रगत लिँदा कुनै शुल्क तिर्नु नपर्ने समेत जानकारी दिए । श्रेष्ठले नुवाकोटमा रत्तदान लगायतका कार्यक्रमहरुबाट मासिक रुपमा २ सय प्रिन्ट रगत संकलन हुने बताए ।
यस्तै कार्यक्रममा क्लबका अध्यक्ष सुजन गजुरेलले क्बले सामाजिक, सांस्कृतिक र धार्मिक क्षेत्रमा स्थानियहरुसँग सहकार्य गरि अगाडी बढीरहेको बताए । उनले क्लबले सामाजिक अभिवृद्धिको लागि काम गरिरहेको बताउँदै हरेक वर्ष रत्तदान कार्यक्रम आयोजना गरिने प्रतिवद्धता व्यक्त गरे ।
२०७६ सालमा स्थापना भएको लामिबगैचा सामाजिक युवा क्लबले कोरोना महामारीको समयमा असहाय गरिव र विपन्न समुदायका व्यक्तिहरुलाई खाध्यान्न र स्यानिटाइजर वितरण गरेको थियो ।
रक्तदान कार्यक्रममा २८ जना रक्तदाताहरुले रगत दान गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया