नुवाकोटको किस्पाङमा भाईद्धारा दाईको हत्या
नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर ५ मानेगाउँमा आफ्नै भाईले खुकुरी प्रहार गरि दाईको हत्या गरेका छन् ।
सोमवार साँझ साढे सात बजेको समयमा स्थानिय ७२ वर्षिय खमसिङ तामाङ आफ्नै घर अगाडी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
दाजुभाईबिच जग्गाको बिवादको कारण भाईले दाईको हत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
घटनाको सुचना पाउने बित्तिकै प्रहरी चौकी मैलुङबाट प्रहरीको टोली पुगेको थियो भने जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक तिलक भारतीको कामाण्डमा अनुसन्धान अधिकृत सहितको टोली समेत पुगेको थियो ।
घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा दाजु भाई बिचको जग्गा बिवादको कारण हत्या भएको प्रहरीले जनाएको छ ।
दाजुको हत्या गरेको आरोपमा ६७ वर्षिइ सिंहबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आफ्नै घरको माथिल्लो तलामा लुकीरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट खुकुरी समेत वरामद गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान जारी छ ।
त्यस्तै मृतकको शव पोष्टर्माटमको लागि जिल्ला अस्पताल त्रिशुलीमा ल्याइएको प्रहरीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना





प्रतिक्रिया