नुवाकोटको तादी खोलामा पौडी खेल्ने क्रममा दुई जनाको मृत्यु
नुवाकोट । नुवाकोटको तादस् खोलामा पौडी खेल्ने क्रममा दुई जनाको मृत्यु भएको छ ।
आज दिउँसो १ बजेको समयमा बेलकोटगढी नगरपालिका वडा नम्बर १० तादिखोला स्थित घुमाउने दहमा पौडी खेल्ने क्रममा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
मृत्यु हुनेमा ककनी गाउँपालिका वडा नम्बर ४ का हिमाल तामाङ र बेलकोटगढी नगरपालिका वडा नम्बर १३ का रोजन तामाङ रहेको प्रहरीले जनाएको छ ।
पौडी खेल्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका उनीहरुलाई प्रहरी चौकी तादि पुल र जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको टोलीले उनीहरुलाई बेहोस अवस्थामा भेट्टाएको थियो ।
बेहोस अवस्थामा भेटिएका उनीहरुलाई एम्बुलेन्समा राखी त्रिशुली अस्पताल ल्याइएको थियो । अस्पतालमा ल्याइएपनि उनीहरुलाई प्रहरीले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
मृतक तामाङद्धय सँगै अन्य ४ जना साथीहरु समेत खोलामा पौडी खेल्न गएको बताइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फोटोहरु ।


- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वयम्भूबाट ७० लाख नगद र सुनका गहनासहित दुई जना पक्राउ
भारतमा कृत्रिम वर्षाका लागि क्लाउड सिडिङ
काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन अन्तिम चरणमा
धादिङमा केराको विषयमा विवाद हुँदा छोराले गरे बाबुमाथि बन्चरो प्रहार
आत्मदाह प्रयास गरेकी रसुवाकी पौडेलको मृत्यु





प्रतिक्रिया