नुवाकोटको तादी खोलामा पौडी खेल्ने क्रममा दुई जनाको मृत्यु
नुवाकोट । नुवाकोटको तादस् खोलामा पौडी खेल्ने क्रममा दुई जनाको मृत्यु भएको छ ।
आज दिउँसो १ बजेको समयमा बेलकोटगढी नगरपालिका वडा नम्बर १० तादिखोला स्थित घुमाउने दहमा पौडी खेल्ने क्रममा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
मृत्यु हुनेमा ककनी गाउँपालिका वडा नम्बर ४ का हिमाल तामाङ र बेलकोटगढी नगरपालिका वडा नम्बर १३ का रोजन तामाङ रहेको प्रहरीले जनाएको छ ।
पौडी खेल्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका उनीहरुलाई प्रहरी चौकी तादि पुल र जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको टोलीले उनीहरुलाई बेहोस अवस्थामा भेट्टाएको थियो ।
बेहोस अवस्थामा भेटिएका उनीहरुलाई एम्बुलेन्समा राखी त्रिशुली अस्पताल ल्याइएको थियो । अस्पतालमा ल्याइएपनि उनीहरुलाई प्रहरीले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
मृतक तामाङद्धय सँगै अन्य ४ जना साथीहरु समेत खोलामा पौडी खेल्न गएको बताइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फोटोहरु ।


- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया