काममा ढिलासुस्ती नगर्नुस् : पर्यटनमन्त्री तामाङ
नुवाकोट ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि) का कर्मचारीलाई प्रतिफल देखिने गरी इमान्दारीपूर्वक काम गर्न निर्देशन दिएका छन् ।
नियमित काममा ढिलासुस्ती नगर्न र कसैका कारण निगमलाई हानि नोक्सानी हुन गए सोही व्यक्ति जिम्मेवार रहनेतर्फ सचेत गराउँदै उनले यस्तो निर्देशन दिएका हुन् ।
पर्यटनमन्त्री तामाङले बिहीबार नेवानि केन्द्रीय कार्यालय अनुगमन तथा निरिक्षण गर्दै कर्मचारीलाई उक्त निर्देशन दिएका हुन् ।
त्यसैगरी मन्त्री तामाङले नेवानिको चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको समीक्षा र आगामी आव २०८१/८२ को वार्षिक योजना तथा बजेट बैठक उद्घाटन पनि गरे ।
नेविनिका कार्यकारी अध्यक्ष युवराज अधिकारीले हालसम्म हासिल उपलब्धि र भावी योजनाबारेमा जानकारी दिए । नेवानिका जहाज तथा विमानस्थलमा चल्ने उपकरण मर्मत सम्भारमा लाग्ने पाटपुर्जा र जहाजमा प्रयोग हुने खाद्य सामग्रीमा भन्सार छुट सुविधा उपलब्ध गराउन, हवाई इन्धनमा लगाइएको कर छुट गर्नेतर्फ पहल गरिदिन,राष्ट्रिय ध्वजावाहक भएकाले सरकारका तर्फबाट विशेष सुविधा दिलाउन उनले मन्त्रालय समक्ष आग्रह गरे ।
यसैगरी उनले पाइलट तथा अन्य कर्मचारीको सेवा सुविधा वृद्धि गर्न, विद्यमान सार्वजनिक खरिद ऐन तथा नियमावलीमा नेवानिजस्तो विशेष प्रकृतिको हवाई व्यवसायका लागि छुट्टै प्रावधान राखी आवश्यक संशोधन गर्नुपर्ने कार्यमा सहजीकरण गरिदिन तथा नेपाल वायुसेवा निगम ऐन, २०१९ को प्रावधान अनुसार राष्ट्रिय ध्वजावाहकलाई सुदृढ र सबल बनाउन सहयोगका लागि मन्त्रालय समक्ष आग्रह गरे ।
त्यसैगरी पर्यटन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेयले नेवानि कर्मचारीलाई सधैं इमान्दारीपूर्वक आ–आफ्नो कार्यमा लाग्न निर्देशन दिए । त्यसैगरी सबैले एकसाथ इमान्दारीसाथ काम गरेमात्र नेवानिले प्रगति गर्न सक्ने विश्वास व्यक्त गर्दै मन्त्रालयबाट गर्नुपर्ने काममा सधैं सकारात्मक सहयोग रहने प्रतिबद्धता जनाए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













प्रहरीका ९० डीएसपीको सरुवा
साफ यू–१७ फुटबलमा नेपाल आज बंगलादेशसँग भिड्दै
जेनजी आन्दोलनका मृतकको सम्झनामा छहरेमा दिप प्रज्वलन
रूकुम पूर्व र बाग्लुङको सीमानामा भूकम्प गयो
नुवाकोटमा जेनजी आन्दोलनका मृतकको सम्झनामा दीप प्रज्वलन





प्रतिक्रिया