राप्रपा विदुर नगर कमिटि अध्यक्ष जोशीले पार्टी छोडे

विदुर खबर २०८१ वैशाख २८ गते २१:४०

नुवाकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी विदुर नगर कमिटिका अध्यक्ष प्रकाश जोशीले पाटी परित्याग गरेका छन् ।

Advertisement

जोशीले राप्रपाले लिएको हिन्दु राज्यको माग र संघियता खारेज लगायतको एजेन्डा सहि भएपनि पार्टीबाट त्यो संभव नभएकोले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनले हिन्दु राज्य र संघियता खारेज लगायतको एजेन्डा मुल धारका राजनीतिक पार्टीहरुले लिए मात्र संभव रहेको भन्दै आफु पार्टीबाट अलग भएको बताए ।

उनले २०५६ सालदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीतिक यात्रा शुरु गरेका थिए । तत्कालीन राजा ज्ञानेन्द्र सरकारको शासन रहदा २०६१ सालमा उनले वडा अध्यक्षको जिम्मेवारी समेत सम्हालेका थिए ।

Advertisement

विगत तीन वर्षदेखि राप्रपा बिदुर नगर कमिटिको अध्यक्षको जिम्मेवारीमा रहेका जोशी हाल विभिन्न संघ सस्थाको नेतृत्व गर्दै आएका छन् ।
जोशी गत स्थानीय तहको निर्वाचनमा राप्रपाको तर्फबाट विदुर नगर पालिका वडा नम्बर १ को वडाध्यक्षको समेत प्रत्यासी रहेका थिए । उनले ३ सय मत ल्याएर दोस्रो भएरका थिए ।

जोशीले कार्य ब्यस्तताको कारण देखाउदै पार्टी छोडे पनि उनलाई नजिकबाट चिन्नेहरुले राप्रपा नुवाकोटमा रहेका नेतृत्वको कार्यशैली ठिक नभएकोले उनी पार्टीबाट अलग्गिएको बताउँछन् ।

Advertisement

अबको राजनीतिक यात्रा बारे प्रश्न राख्दा उनले स्वतन्त्र रुपमा व्यवसायलाई अगाडी बढाउँदै सामाजिक क्षेत्रमा क्रियाशिल हुने बताए । सामाजिक काममा संलग्न हुन कुनै राजनीतक दलको सदस्य हुन पर्दैन जोशीले विदुर खबरसँग भने ।

प्रतिक्रिया