विदुर ५ पिपलटारमा सुरक्षा गार्ड तालिम सम्पन्न

विदुर खबर २०८१ वैशाख २६ गते १८:५०

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ मा ३२ दिने सुरक्षा गार्ड सम्बन्धि तालिम सम्पन्न भएको छ ।

Advertisement

तालिमको मंगलवार एक ओैपचारिक कार्यक्रमका बिच समापन गरिएको हो । व्यवसायिक तथा सिप विकास तालिम केन्द्र गजुरीको सहयोग तथा मध्य नेपाल सेक्युरेटी प्रालिको आयोजना र विदुर नगरपालिका वडा नम्बर ५ वडा कार्यालयको समन्वयमा सुरक्षा गार्ड तालिम सम्पन्न भएको हो ।

तालिममा १८ देखि ३५ वर्ष उमेर समुह ३० जनाको सहभागीता रहेको थियो । तालिममा भुतपुर्व सैनिक जम्दार राजकुमार आचार्यले प्रशिक्षण दिएका थिए ।

Advertisement

तालिमको समापन कार्यक्रममा बोल्दै विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले सिकेको सिपलाई सदुपयोग गर्न सहभागीहरुलाई सुझाव दिए । मेयर श्रेष्ठले सुरक्षा गार्ड सम्बन्धि तालिममा सहभागि भएकाहरुलाई स्थानिय स्थरमै रोजगारी दिनको लागि विभिन्न संघ संस्थामा छलफल गर्ने बताए ।

त्यस्तै विदुर ५ का वडाध्यक्ष लिलानाथ न्यौपानेले यता तालिमले युवाहरु स्थानियस्थरमै रोजगार बनाउने बताए । उनले वडामा रहेका बेरोजगारी व्यक्तिहरुको लागि यस्ता तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

Advertisement

तालिममा सहभागिहरुलाई फायर फाइटिङ, बडी सर्च तथा अन्य सेक्युरेटि सम्बन्धि ज्ञान दिनुका साथै व्यवहारिक र सैदान्तिक विषयमा समेत प्रशिक्षण दिइएको थियो ।

यसरी निःशुल्क रुपमा स्थानी यस्तरमै सुरक्षा गार्डको तालिम पाएपछि स्थानीय युवाहरु समेत खुशी भएका छन् । तालिमपछि बिभिन्न स्थानिय निकायमा तथा गाँउगाँउमा खुलेका बैँक तथा वित्तिय संस्थामा सुरक्षा गार्डको रुपमा काम गर्न सकिने र रोजगारी पाउन पनि सहज हुने आयोजकले विश्वास गरेको छ ।

तालिम आयोजक संस्थाका संचालक गंगा पाण्डेले काठमाण्डौमा आफ्नै सेक्युरेटी अफिस रहेको भन्दै त्यहाँ गएर काम गर्ने व्यक्तिहरुलाई रोजगारी दिने समेत प्रतिबद्धता व्यत्त गरेका थिए ।

कार्यक्रममा विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया