नुवाकोटमा स्कुल वस र मोटरसाईकल ठोक्किँदा दुई जनाको मृत्यु
नुवाकोट । नुवाकोटको बेलकोटगडि न. पा. ८ स्थित नयाँ पुलमा वस र मोटरसाईकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्य भएको छ ।
विदुर ४ बट्टारमा रहेको अर्किट बोर्डिङ स्कुलको बस र मोटरसाईकल एक आपसमा ठोक्किएका हुन् । देविघाटबाट र्सिखालीतर्फ गइरहेको बा ३ क ३७२२ नम्बरको वस घुमाउने क्रममा सोही दिशातर्फ गइरहेको बाग्मति प्रदेशको ०२–०४४ प र बाग्मति प्रदेश ०२–०४६प १५२९ नम्बरको मोटरसाईकलहरु एक आपसमा ठक्कर खाएको प्रहरीले जनाएको छ ।
वस र मोटरसाईकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा काठमाण्डौका २७ वर्षिय रुविन रावल र ललितपुरका २६ वर्षिय स्वीकार राणा रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीले जानकारी दिए ।
उनीहरुको त्रिशुली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा काठमाण्डौकै रितिक तिवारी र उपकार थापा घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्थामा गम्भीर रहेकोले थप उपचारको लागि काठमाण्र्डौ लगिएको छ ।
र्दुघटनाको कारण नखुले पनि स्कुल बसले मोटरसाईकललाई ठक्कर दिएको स्थानियले बताएका छन् । र्दुघटनापछि प्रहरीले चालक र वसलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।
घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया