नुवाकोटका सागर भण्डारीको कम्प्याक्टर दुर्घटना हुँदा मृत्यु

विदुर खबर २०८१ वैशाख २२ गते २१:३४

नुवाकोट । नुवाकोटका सागर भण्डारीको मृत्यु भएको छ ।

Advertisement

थानकोट-चन्द्रागिरी-चित्लाङ सडकमा कम्प्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो कम्प्याक्टर दुर्घटना हुँदा सडक मर्मतमा खटिएका एक जनाको ज्यान गएको हो।

मृत्यु हुनेमा नुवाकोटका २९ वर्षीय सागर भण्डारी रहेको इलाका प्रहरी कार्यालय चित्लाङले जनाएको छ।

Advertisement

उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्याम थापामगरले जानकारी दिए। प्रहरीले कम्प्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया