न्यु भिजन युवा क्लब फाईनलमा, उपाधिको लागि बट्टारसँग खेल्ने

नुवाकोट । न्यु भिजन युवा क्लब बट्टारमा जारी प्रथम स्वर्गिय ध्रुव अमात्य स्मृति कप २०८१ नुवाकोट जिल्ला क्लबस्तरीय फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।
शुक्रवार भएको दोस्रो सेमिफाईनल खेलमा थ्रि डि युवा क्लब कोलानीलाई २–१ गोल अन्तरले पराजित गर्दे रातमाटेको क्लब न्यु भिजन फाईनल प्रवेश गरेको हो ।
न्यु भिजनलाई जित दिलाउन खेलको ५२ औ मिनेटमा जर्सी नम्बर १० का निर्माण तामाङ र खेलको ७४ औ मिनेटमा जर्सी नम्बर ७ का भत्तवहादुर रिमाल (किस्मत) ले गोल गरेका थिए ।
त्यस्तै थ्रि डि युवा क्लबको तर्फबाट खेलको ५६ औ मिनेटमा जर्सी नम्बर १३ का सौगात तामाङले सात्वना गोल फर्काएका थिए । फाईनल प्रवेश गरेको न्यु भिजन युवा क्लबले उपाधिको लागि आयोजक टोली बट्टार युथ क्लबसँग प्रतिष्पर्धा गर्ने छ ।
शुक्रवार नै भएको पहिलो सेमिफाईनलमा आयोजक बट्टार युथ क्लबले तप्त युवा क्लबलाई ट्राईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै फाईनल प्रवेश गरेको हो ।
फाईनल खेल शनिवार दिउँसो २ बजे हुने छ । प्रतियोगिताको विजेताले एकलाख रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक बट्टार युथ क्लबका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने





प्रतिक्रिया