नुवाकोटमा शनिवार हार्डवेयर पसल खोले कारवाही गरिने
नुवाकोट । नुवाकोटमा शनिवार हार्डवेयर पसल खोले कारवाही हुने भएको छ ।
हप्ताको एक दिन पसल बन्द गर्ने व्यवसायीको सल्लाह अनुसार नुवाकोट निर्माण सामग्री व्यवसायी संघले प्रत्येक शनिबार हार्डवेयर (निर्माण सामग्री पसल) बन्द गर्ने निर्णय गरेको हो ।
उक्त दिन हार्डवेयर पसल खोले जरिवाना तिर्नुपर्ने भएको छ । संघको आह्वानलाई साथ दिँदै गत हप्तादेखि जिल्लाभरिका निर्माण सामग्रीका पसल बन्द गरिएको छ ।
संघले हार्डवेयर (निर्माण सामग्री) पसल बन्द हुने जानकारी सम्पूर्ण ग्राहक तथा उपभोक्तालाई सञ्चारमाध्यम र पसल÷पसलमा सूचना बोर्ड राखेर जानकारी गराइसकेको छ ।
शनिबार निर्माण सामग्रीका पसल, गोदाम, शोरुम साथै सामग्री लोड–अनलोड गर्ने कामसमेत पूर्ण रूपले बन्द रहने सब्घले बताएको छ ।
कोही कसैले उक्त दिन पसल, गोदाम, शोरुम खोले दुई हजार रुपैयाँ र निर्माण सामग्री लोड–अनलोड गरेमा पाँच हजार रुपैयाँ जरिवाना गरिने संघका अध्यक्ष नवीनकृष्ण राजभण्डारीले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने





प्रतिक्रिया