काठमाण्डौ-त्रिशुली चल्ने ईभीको भाडा घट्यो

विदुर खबर २०८१ वैशाख १८ गते १४:२३

नुवाकोट । काठमाण्डौ–त्रिशुली भएर चल्ने ईभी माईक्रो वसको भाडा घट्ने भएको छ ।

Advertisement

नुवाकोटमा रहेका विभिन्न यातायात समितिले बिहिबार २० गते देखि लागुहुने गरि भाडा घटाउने बताएका हुन् ।यातायात व्यवसायीहरुले भाडा २० रुपैयाँ घटाएर ३३० रुपैयाँ कायम गरेका छन् ।

टिमुरे यातायात प्रालिका अध्यक्ष प्रकाश जोशीका अनुसार ईभी माईक्रोको भाडा तीन सय ३० रुपैयाँ कायम गरिएको छ । यात्रुहरुको माग र सरोकारवालाहरुको आग्रह अनुसार ईभी माइक्रोको भाडा घटाएको उनले बताए ।

Advertisement

यस्तै जिल्लामा रहेको अन्य यातायात समितिद्धारा संचालित ईभी माइक्रोहरुले पनि २० गते बिहिबार देखि भाडा घटाउने बताएका छन् ।
यसअघि ईभी माईक्रोको भाडा ३ सय ५० रुपैयाँ कायम गरिएको थियो ।

सरकारले ईभी गाडीको भाडा निर्धारण नगरेको कारण यातायात व्यवसायीहरुले ईभीको भाडा आफु्खुशी लिँदै आएका छन् ।

Advertisement

नुवाकोटमा टिमुरे यातायात प्रा.ली, नमस्ते पासाङल्हामु यातायात प्रा.ली र नेपाल माइक्रोवस कम्पनि प्रालिले ईभी माइक्रो संचालन गरिरहका छन् ।

 

प्रतिक्रिया