यो सरकार धेरै दिन टिक्दैन : डा प्रकाशशरण महत

विदुर खबर २०८१ वैशाख १५ गते २१:५२

नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता तथा पुर्व अर्थमन्त्रि डा. प्रकाशशरण महतले देशमा हाल रहेको गठबन्धन सरकार धेरै समय नटिक्ने बताएका छन् ।

Advertisement

शनिवार नुवाकोटको विदुरमा नेपाली काग्रेस नुवाकोटको प्रदेशसभा क्षेत्रिय प्रथम सम्मेलनमा सम्बोधन गर्दे डा. महतले अहिले बनेको गठबन्धनको जग वलियो नरहेको बताए । अहिले बनेको गठबन्धनको आधार नै अविश्वासिलो छ, यो दिगो हुने आधार म देख्दिन महतले भने ।

उनले अहिलेको गठबन्धन दलको जग वलियो नरहेको भन्दै फेरि पनि कांग्रेस पनि सरकारको जिम्मेवारी कांग्रेसले लिनुपर्ने बताए ।
फरक प्रसंगमा डा. महतले पार्टी बलियो भए मात्र सबै बलियो हुने बताए ।

Advertisement

‘अहिलेको परिवेशमा पार्टीभन्दा पनि व्यक्तिगत प्रचारले प्रशय पाइरहेको छ । यसले संगठनमा समस्या ल्याएको छ, उनले भने । डा. महतले संगठन बलियो भएमा नेपाली कांग्रेसको लोकप्रियता बढ्यो भनेसबैले त्यसबाट फाइदा लिन सक्ने बताए ।

डा. महतले नयाँ भनिएका राजनीतिक दलहरुलाई खहरे खोलाको संज्ञा दिँदै त्यस्ता दलहरु क्षणिक रहेको बताए ।

Advertisement

प्रतिक्रिया