सूर्यगढीमा घर आगलागी हुँदा १० लाख वरावरको क्षति
विदुर खबर
२०८१ वैशाख १५ गते १२:३९
नुवाकोट । सूर्यगढी गाउँपालिका– ३ चतुरमालामा एक घरमा आगलागी भएको छ ।
स्थानीय तेजबहादुर तामाङको बिहिबार राति अज्ञात व्यक्तिले आगो लगाइदिएपछि घरभित्रका सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने पशुचौपाया समेत घाइते भएका छन् ।
आगोमा परेर अन्नपात, भाँडाकुँडा, खाना पकाउने ग्याँस, लताकपडा लगायत जलेर नष्ट भएको राममणि अधिकारीले जनाएका छन् । उनका अनुसार तामाङको १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
आगलागीमा परेर सबै सामाग्री नष्ट भएकाले सहयोगको जुटाउनको लागि सबैलाई आग्रह समेत गरिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पश्चिम एसियाको युद्धले नेपाली रोजगारी संकटमा: ‘घर फर्क’ भन्न थाले कम्पनी, सरकार सतर्क
नुवाकोटको ककनीमा टिफरको ठक्करबाट एक जनाको मृत्यु
अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण





प्रतिक्रिया