नुवाकोटमा मनाइयो सिन्दुरे जात्रा
नुवाकोट । नुवाकोटको पूरानो सदरमुकाम भैरवीथानमा सिन्दुरे जात्रा मनाइएको छ ।
राजप्रतिनिधि महेन्द्रकुमार शाहीले धामी र धमिनीलाई सिन्दुरे छर्कने कार्य गरेपछि सिन्दुरे सुरु भएको हो । विदुर नगरपालिका २ भैरवीथान मुनि धरपानीमा सरकारी पदाधिकारी सहित सेनाको व्याण्ड बाजा, देवीको चाडपर्वमा बजाइने बाजा, धिमे बाजा सहित शक्ति पीठ भैरवीको खट, धामीधमिनी सहित भैरवीधान पुर्याई कुमारीको उपस्थितिमा तान्त्रिक विधि अनुसार गुभाजुले धामी धमिनी, गणेशलाई विधिपूर्वक पूजा गरी गाजल लगाए ।
राजा पृथ्वीनारायण शाहले नुवाकोट विजयी भएको अवसरमा सिन्दुर जात्राको प्रचलन सुरु भएको राजप्रतिनिधि शाहीले बताए । त्यसपछि सबैले उक्त सिन्दुर छरेर सिन्दुर जात्रा मनाए । विदुर नगरपालिका ५ देवीघाट स्थित जालपादेवी मन्दिरबाट बिहिवार राति धामीधमिनी, उपासे, राजप्रतिनिधि, नुवाकोट भैरवीको रथमा अष्टमात्रिका, बाह्रभाई गणको मुकुटलाई धरमपानीको पाटीमा ल्याइएको थियो ।
साइत हेरेर ३ बजेको समयमा गुभाजुले विधि पूर्वाक पूजा गरी सेनाले शलामी अपर्ण गरी भैरवीथान नजिक रहेको धामी घरमा पूजाविधि गरिएको थियो । सिन्दुर जात्रामा प्रजिअ लगायत सरकारी पदाधिकारीहरु उपस्थित थिए ।
सिन्दुर र गाजल धामीलाई लगाइसकेपछि आउने दर्शकहरुलाई बाँढिएको थियो । भैरवीमा सिन्दुर जात्रा गरेपछि बाजागाजा सहित भैरवीको खटलाई सात तले दरबारमा सेनाले भैरवी सलामी दिएको थियो । त्यसपछि राजप्रतिनिधि शाहीको निवास अगाडि हाँस सहितको बलि पूजा दिएको थियो ।
काठमाडौं बसन्तपुरबाट कंडेलचोकको भगवती नुवाकोट आउँछिन् । उनी नागपानीदेवी डिलमा बसेर फर्किएपछि नुवाकोटको सिन्दुरे जात्रा सम्पन्न हुने राजप्रतिनिधि शाहीले बताए । बैशाख पूर्णिमाको असरमा जात्रा सुरु भएको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया