नुवाकोटका अधिकांश औषधि पसल मापदण्ड विपरीत

विदुर खबर २०८१ वैशाख १२ गते २१:३६

नुवाकोट । नुवाकोटका अधिकांश औषधि पसल मापदण्ड विपरीत रहेको पाइएको छ ।

Advertisement

जिल्ला बजार अनुगमन समिति र औषधि व्यवस्था विभागका प्राविधिक सहितको टोलीले गरेको संयुक्त अनुगमनका क्रममा औषधि पसल मापदण्ड विपरित पाईएको हो ।

विदुर नगरपालिकाभित्र सञ्चालित अधिकांश औषधि पसलहरूले स्वास्थ्य सेवाका आधारभूत मापदण्डसमेत पालना नगरेको पाइएपछि नगद जरिवानाका साथै तीन दिनभित्र औषधि व्यवस्था विभागमा सक्कल कागजातसहित उपस्थित हुन टोलीले निर्देशन दिएको छ ।

Advertisement

नियमविपरीत सञ्चालन भएको ६ वटा औषधि पसललाई नगद जरिवाना गरिएको छ । विदुर नपा १, २, ४, ५ र ९ मा सञ्चालित २३ वटा औषधि तथा फार्मेसी पसलहरूको स्थलगत अनुगमन गरिएको हो । अधिकांश मापदण्डको पालना नगरेको पाइएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

मापदण्ड विपरीत रहेको पाइएपछि विदुर नपा १ त्रिशूली बजारमा रहेको रोशन मेडिकल हल, विदुर ९ बाघटारमा रहेको अनुप मेडिकल हल, पिपुल्स च्वाइस फार्मेसी, विदुर २ विदुर वजारमा रहेको स्टार अस्पताल फार्मेसी, बट्टार बजारमा रहेको निको फार्मेसी र विदुर ५ देवीघाटमा रहेको जालपा मेडिकल हललाई जनही १०÷१० हजार रुपैयाँ नगद जरिवाना गरिएको अनुगमनमा सहभागी उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटका प्रमुख किशोर सापकोटाले बताए।

Advertisement

उनका अनुसार जरिवाना तिरेपछि पहिले ताला लगाइएको पसल खुला गरिएको छ ।

प्रतिक्रिया