विदुरमा भन्सार छलिका सामान वरामद

विदुर खबर २०८१ वैशाख १२ गते २०:४२

नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोटले बुधवार दिउँसो भन्सार छलेर ल्याएको सामानहरु बरामद गरेको छ ।

Advertisement

अस्थाई प्रहरी पोष्ट विदुबाट खटिएको प्रहरीको टोलीले चेकजाँचको क्रममा रसुवाको टिमुरेबाट काठमाण्डौ चल्ने प्रदेश ३–०१–००५ ख ९४६५ यात्रु वाहक वसमा भन्सार छलेर ल्याएको सामानहरु बरामद गरि नियन्त्रणमा लिएको हो ।

बरामद गरिएको सामानहरुमा तेल १२ कार्टुन, रेडबुल १६ कार्टुन, चियापति ३ कार्टुन, सस र अचार दुई कार्टुन रहेको छन् । यस्तै बरामद गरिएका अन्य सामाग्रीहरुमा मसला दुई प्याकेट र चकलेट ६१ प्याकेट रहेको छ ।

Advertisement

बरामद गरिएका सामाग्रीहरु झण्डै एक लाख रुपैयाँ वराबर रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सुचना अधिकारी तथा डिएसपी तिलक भारतीले जानकारी दिए ।

 

Advertisement

प्रतिक्रिया