विदुर नगरपालिकाको रकमान्तर बजेट पारित
विदुर खबर
२०८१ वैशाख १० गते २२:०८

नुवाकोट। विदुर नगरपालिकाको १४ औं नगरसभा बैठकले ४ करोड ९५ लाख ५० हजार रुपैयाँ रकमान्तर गरेको छ।
सोमबार विदुरमा नगर प्रमुख राजन श्रेष्ठको अध्यक्षतामा आज बसेको सभा बैठकले आ.व. २०८०/८१ को बजेट रकमान्तरण प्रस्ताव सर्वसम्मतिले पारित गर्यो।
संशोधित योजना तथा कार्यक्रममा मसलन्द तथा कार्यालय सामाग्री १६ लाख, अवकास प्राप्त कर्मचारी उत्पादन औषधी उपचार विदा ३ करोड, सडक मर्मत २ करोड, सेतीदेवी मावि सडक वडा नं. ११ को १ करोड लगायतमा चालु आर्थिक बजेटको विभिन्न ४५ वटा शीर्षकमा रकमान्तरण गरिएको छ ।
यसैगरी हात्तीगौंडा-राईसिंङ्ग-डेउडी सडक १ करोड, सडक बत्ती २५ लाख, सञ्चार तथा मिडिया क्षेत्र सहयोग २ लाख, एसइइ उतिर्ण विद्यार्थीलाई तालिम १० लाख रुपैंया लगायतका शिर्षकमा बजेट रकम थप गरेको छ ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया