पर्यटन मन्त्रीको ‘न भिजन न मिसन’, मातहतका निकाय नबुझ्दा कार्ययोजना नै बनेन
नुवाकोट । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङको पर्यटन मन्त्रालयमा डेढ महिनाभन्दा लामो समय बितिसकेको छ ।
माघ २२ गते प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालिन पर्यटन मन्त्री सुदन किरातीलाई हटाएर तामाङलाई मन्त्रालयको जिम्मेवारी दिएका थिए । मन्त्री तामाङ पर्यटन मन्त्री भएको ५० दिन पुगेको छ । यो अवधिसम्ममा उनले न भिजन सार्वजनिक गर्न सके न त मिसन नै । मन्त्री तामाङले मातहतको निकाय नबुझ्दा कार्ययोजनासमेत ल्याउन सकेका छैनन् । उनी कार्यकर्ताको भेटघाट, बजेट माग्नेको वरिपरी बसेर समय व्यतित गरिरहेका छन् ।
तामाङले आइतबार पर्यटन मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरे । त्यहाँ मन्त्रीले डेढ महिने उपलब्धी सार्वजनिक गर्ने, कार्ययोजनाको जानकारी दिने वा कुनै बोल्ड डिसिजन भएको सुनाउने अपेक्षा गरेर पत्रकारले गरेका थिए । तर, मन्त्रीले डेढ महिनासम्म पनि न भिजन सार्वजनिक गरे न मिसनकै बारेमा कुनै जानकारी दिनसके ।
मन्त्रीले मातहतको कार्यालय नबुझेको भन्दै कार्ययोजना नबाउनसमेत नसकेको निरिहता प्रस्तुत गरे । पर्यटन मन्त्री तामाङले भन ‘कार्ययोजना त केही बनाउन भ्याएको छैन, मातहतका निकायमा छलफल हुँदै गरेको र तिनिहरुको गतिविधि बुझ्दै गरेको छु ।’ उनले भने ‘विभिन्न निकायसँग छलफल हुँदै गरेकोले त्यसको जानकारीपछि कार्ययोजना बनाउने छु ।
अहिलेसम्म विभिन्न निकायबाट आउने बधाइ र शुभकामनामा दिनेका कारण मन्त्रालयमा भिडभाड भइरहेको छ ।’ उनले आफूले सबै कुरा बुझ्दै गरेकोले आवश्यक निर्णय पनि लिँदै जाने भन्दै पन्छने प्रयाससमेत गरेका छन् ।
मन्त्री तामाङ पर्यटन मन्त्रालयको ऐना मानिने राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमसमक्ष अहिलेसम्म ब्रिफिङ लिन पुगेका छैनन् । उनलाई निगमको बारेमा खासै जानकारी पनि छैन ।
यता, निगमको एउटा न्यारोबडी इजरायलमा मर्मत भइरहेको छ । भोलि साेमबार नेपालमा ल्याउने जानकारी मन्त्रीले दिए । उनले निगले गर्ने काम, व्यवस्थापकीय क्षमता, व्यवस्थापनले लगाउन नसकेको काम र कमजोरीका विषयमा मन्त्रीले चसो नलिएको र कर्मचारीतन्त्रसमे चुप बसिदिएका कारण मन्त्री तामाङले अहिलेसम्म पर्यटन क्षेत्र बुझ्नै सकेका छैनन् ।
निगमको जहाज खरिद, भाडामा ल्याउने, भएकै जहाज मर्मत गरेर उडाउने, निगमले गरेको काम कारवाहीको प्रभावकारिता बढाउने र नियमित गतिविधिमा मन्त्रीले चासो नदिनुले पनि मन्त्रालयकै प्रभावकारीता कमजोर हुन पुगेको छ ।
पोखर अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल चल्न नसक्नुमा आफ्नो कमजोरी नभएको र सिस्टम अनुसार उडान संख्या बढाउन लागिएको जवाफ मन्त्री तामाङले दिए ।
पर्यटन सचिव डा. दीपक काफ्ले पनि मन्त्रीसँगै पत्रकार सम्मेलमा उपस्थित भएका थिए । तर, काफ्लेले भने आफू मन्त्रीको साक्षी मात्रै भएको भन्दै पर्यटन बोर्डसँग सम्बन्धित एउटा प्रश्नको मात्रै जवाफ दिए ।
पर्यटन बोर्ड सञ्चालक समितिका अध्यक्ष काफ्लेले सीईओ नियुक्ति निष्पक्ष ढंगबाट हुने र छनोट उपसमितिले सिफारिश गरेकै व्यक्ति हुने बताए । उनले बोर्ड अध्यक्ष र सीईओ नियुक्तिका विषयमा कसैलाई नभेट्ने भन्दै पत्रकारले सोधेका प्रश्नलाई पन्छाउँदै सबै मन्त्रीतिर फर्काइदिए ।
मन्त्री तामाङले आगामी २९ मे अर्थात सगरमाथा दिवसको दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सगरमाथा फेदमा (बेसक्याम्प) पुर्याउने बताएका छन् ।
उनले यस पटक सगरमाथा दिवस भव्य रुपमा मनाउन पनि सगरमाथामा प्रधानमन्त्री पुर्याएर केही कार्यक्रमसमेत गर्ने बताए । वर्षेनी १५ जेठको गणतन्त्र दिवसको दिन पर्ने यो कार्यक्रम यसपटक भोलिपल्ट सगरमाथा दिवस परेकोले पनि प्रधानमन्त्रीलाई लगेर भव्य कार्यक्रम गर्ने तयारी भइरहेका पनि बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया