नुवाकोटको सिंदुरे जात्रा वैशाख १३ गते पर्ने

विदुर खबर २०८१ वैशाख ९ गते १०:५०

नुवाकोट । नुवाकोटको ऐहिासिक सिंदुरे जात्रा यो वर्ष वैशाख १३ गते पर्ने भएको छ ।

Advertisement

भक्तपुर, ठिमी, टोखाको विस्का सिन्दुरे जात्रा पछी नुवाकोटको सिन्दुरे जात्रा पर्ने गर्दछ । २०८१ वैशाख १० गते नुवाकोट दरवार क्षेत्रमा सिन्दुरे जात्रा सुरू भइ वैशाख १४ गते सम्पन्न हुदैछ ।

वैशाख १३ गते नुवाकोटमा सिंदुरे जात्राको मुख्य दिन अर्थात पुर्णिामाको दिन ( वैशाख ११ गते ) नुवाकोट भैरवीमन्दिरको रथ बाजागाजा सहित देविघाटको जालपा देविको मन्दिरमा पु¥याइन्छ । उक्त रथ वैशाख १२ गते फिर्ता भइ धरमपानीमा बस्ने गर्दछ ।

Advertisement

साथै द्वितीयाको दिन (यो बर्ष बैशाख १३ गते) भैरवी मन्दिरमा सिन्दुर हालेर सिंदुरे जात्रा मनाउने प्रचलन रहेको छ ।

काठमाडौं उपत्यका जत्तिकै सम्पदा र संस्कृतिको पहिचान वोकेको नुवाकोटको सिन्दुरे जात्रा, नेपालकै लामो रथ यात्रा मानिन्छ। नुवाकोट दरवार क्षेत्रको भ्रमण गरि नुवाकोटको सिंदुरे जात्राको अवलोकन गरौ ।

Advertisement

प्रतिक्रिया