विदुरमा युवा रेडक्रस सर्कल गठन
नुवाकोट । विदुरमा सुमन श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय युवा रेडक्रस सर्कल गठन गरिएको छ ।
सर्कलको उपाध्यक्षमा समिर लामिछाने, सचिवमा प्रदीपकुमार पण्डित, कोषाध्यक्षमा रमेश श्रेष्ठ, उपसचिवमा मनिष वाग्ले र उप-कोषाध्यक्षमा सोममाया तामाङ चयन भएका छन् ।
यस्तै सर्कलको सदस्यहरूमा निर्जल राई, एञ्जल डङ्गोल, हरिजङ्ग पाण्डे, राकेश थापामगर र सुधा थापा चयन भएका छन् । निर्वाचित पदाधिकारी र सदस्यहरुलाई नेपाल रेडक्रस सोसाइटी नुवाकोटका सभापति हरि श्रेष्ठ र विदुर सिटि युथ क्लबका अध्यक्ष सुनील श्रेष्ठले संयुक्तरुपमा टिका र खादा लगाई पदभार गराएका थिए ।
कार्यक्रममा नेरेसो नुवाकोटका सभापति श्रेष्ठले समुदायमा युवा रेडक्रस गठनले मानवीय सेवा तथा युवाको क्षमता विकासमा टेवा पुग्ने बताए ।
रगत जिल्लामा नि:शुल्क रगत पूर्ति गर्न एक करोड अभियान रेडक्रसको भावना, आवश्यकता र महत्व लगायतका बारेमा
कार्यक्रममा सोसाइटीका प्रमुख समुद्रबाबु अधिकारीले रेडक्रस र जिल्ला शाखा नुवाकोटको अवधारणा, उद्देश्य, गतिविधिबारे प्रशिक्षण दिएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया